भूकम्पग्रस्त क्षेत्रको निरीक्षण गर्न जान लागेको ठूलो हाकिमले आफ्नो सहायकसँग भन्यो, "तपाईँलाई थाहै छ म भोलि उत्तरकाशी जादैछु । त्यहा निक्कै जाडो हुन्छ भन्ने सुनेको छु । भूकम्प पीडितहरूको लागि छुट्याइएको बजेटमा अझै दश हजार रूपैया बाकी छ । त्यही रकमबाट मेरो लागि उनीको टोपी, पंजा, कालो चस्मा, ज्याकेट, स्लिपिङ्ब्याग, र खाने कुरा तातो राख्ने कैसेरोलको सेट किन्नुस् है ।"
"हस सर ।" सहायकले सङ्कोच मानेको स्वाङपार्दै भन्यो, "सरको अनुमति पाए मैले पनि केही सामान एडजस्ट गराउ कि "
"हुन्छ, हुन्छ," ठूला हाकिमले हतारिदै भन्यो, "तर मेरो कुनै पनि सामान नछुटोस् है । ज्याकेट र स्लिपिङ ब्याग विदेशी सामान बेच्ने पसलबाट किन्नु होला । त्यहाँ सक्कली सामान पाइन्छ ।"
सहायक हाकिम गइसकेपछि ठूला हाकिम निक्कै चिन्तित देखियो । अचानक उसले केही सोच्यो र घंटी बजाएर लेखापाललाई बोलायो । उसले लेखापाललाई बडो फूर्ति सँग भन्यो, "यो महिनाको हाम्रो दुई दिनको तलब भूकम्प पीडित उद्धार कोषमा पठाउन नबिर्सनु होला है ।"