18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत जेबी खत्री July 13, 2021, 4:16 am
जेबी खत्री
जेबी खत्री

कति आए आँखाहरू जुँधाउँदै बास माग्न ।
कति आए हातहरू खोलेरै यो साथ माग्न ।।

जाँदिन म कसैसँग फेरि आर्को नाता जोड्न ।
सक्दिन म तिमीसँग जोडेको यो नाता तोड्न ।।

पाइराखेको साथ तिम्रो कसरि म सकौँ छोड्न ।
जुनीजुनीसँगै जिउँन जोडेको यो नाता तोड्न ।।

कति आए हृदयको ढोका खोल्दै बास माग्न ।
कति आए हातहरू खोलेरै यो साथ माग्न ।।

दुःख सुःख जे छ त्यसमै रमाउँला बरू ।
हाँसिखुशी सँगै बाँच्ने सँगै मर्ने बरू ।।

चाँहिदैन सुन चाँदी हिरामोती अरुहरू ।
भुल्दैनन् बाचा कसम चोखोमायाँ गर्नेहरू ।।

कति आए आँखाहरू जुँधाउँदै बास माग्न ।
कति आए हातहरू खोलेर साथ माग्न ।।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।