पैतालीस नाघेकी तिनलाई सबैले फूलमाया भन्थे । त्यो उमेरमा पनि एउटै नफुलेको केशराशीलाई तिनले जहिले पनि फुलै फूलले सजाएको देखिन्थ्यो । प्रत्येक व्यक्ति अनुसार तिनीप्रतिको धारणा पनि फरक थियो ।तर समग्रमा ती सबै धारणा तिनको चरित्रप्रतिको नकारात्मक धारणा नै थियो ।
तर मप्रतिको तिनको व्यवहार भने साह्रै नै शिष्ट र मयाॅदित थियो । त्यसैले तिनीप्रति मेरो मनमा पनि श्रद्धा थियो । तिनीसँग भेट हुँदा म पनि अति शिष्टतापूवॅक कुरा गदॅथें ।तर हिजो राति म तिनको घर अगाडिबाट हिंडिरहेको बेलामा तिनले अचानक च्याप्प मेरा पाखुरा समातिन् र गाजलु आँखा नचाउँदै मादकतापूणॅ स्वरमा भनिन् ।- "क्या हो हजुर ! यो दासीलाई चैं हेदैॅ नहेरिदिने ? यो त भएन नि । भलादमीपनको यो बोक्रे खोल ओडेर के फाइदा छ र हजुर ! बरु आजको यो जाडो रातलाई न्यानो बनाउने हैन त .....?"
म किंकतॅव्यविमुढ उभिरहें । नशामा बहने रगत एकैपटक रोकिएझैं, श्वास रोकिएझैं भयो ।
" म नभए नैना छे..... नैना नि नभए सुनैना छे.......हि......हि.....हि.....।"