आज पनि यो साँझमा मैले खान खाइन ।
चामल किन्न गाकी आमा अझै पनि आइन ।
चाडपर्व दशै तिहार गाउँघरमा आए
हाँसो खुसी उमङ्गको कहिल्यै गीत गाइन ।
कालीकोटको जन्म हजुर यहिं पाखुरा धस्छु
आङ्ग ढाक्ने पुरा कपडा कैलै पनि लाइन ।
धेरै भयो शान्ति दिदी घरगाउँ छाडि गाकी
किन होला - अफै पनि हामी बिच छाइन ।
भोकमरी र हैजा लागी भाइले खुट्टा तान्दा
बर्षदिनको दशै पनि मैले मान्न पाइन ।