18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

छिद्र महिमा

लघुकथा मनिश कुमार शर्मा समित April 4, 2021, 7:53 am
मनिश कुमार  शर्मा  समित
मनिश कुमार शर्मा समित

“ल भन् त यो ब्रम्हाण्डको सबैभन्दा ठूलो चिज के हो ?” चिया पसलमा चियाको सुर्को लिदै अचानक उसले मलाई प्रश्न गर्यो ।

केहीबेर सोचेर उत्तर दिएँ “सत्यता”

प्रतिउत्तरमा उसले “हैन” भनि टाउको हल्लायो

“मानवता, नैतिकता, ईज्जत, पैसा, समय ........” अनेकौं उत्तर दिएँ तर मेरो प्रत्येक उत्तरमा उसको “हैन” भन्ने जवाफ आयो ।

“अनि के त ?” लाचारभइ उसैसँग उत्तरको खोजेँ ।

“प्वाल” उसले सहज उत्तर दियो ।

“नकरा, जे पनि भन्छ ।“ मेरो दिमागले नकारात्मक अर्थ लियो ।

“हो भन्या यो संसारको सबैभन्दा ठूलो चिज प्वाल नै हो ।“ उ आफ्नो उत्तरमा दृढ थियो ।

हेर् हामी खाना मुखको प्वालमा हल्छौं , सास नाकको प्वालले फेर्छौं, सुन्ने पनि प्वालबाट नै हो । यो ब्रम्हाण्डनै एक ब्ल्याक होलमा (कालो छिद्रमा) अडिएको छ............... “ उसले ब्रम्हाण्डको प्रत्येक बस्तुलाई प्वालसँग दाँज्दै प्वालको महिमा बतायो ।

उसको तार्किक उत्तरले आवक थिएँ । सोच्न बाध्य बनायो साँच्चै नै उसले भने झैं यो ब्रम्हाण्डको सबैभन्दा ठूलो चिज प्वाल नै हो त ? सत्यता, मनवता, नैतिकता, ईज्जत सबै त्यही कालो छिद्रभित्र मृगतृष्णा झै कतै खोज्ने पर्ने भएको त हैन ?

ठिमी, भक्तपुर

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।