18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

सम्झौता

कथा रेजिना गौतम March 22, 2021, 7:56 am
रेजिना गौतम
रेजिना गौतम

असारको दिन ! गाउँ–घरमा रोपाईको चटारो छ। सिंचाईको व्यवस्था नहुँदा खेतीका लागि मौषमी बर्षामा भर पर्नुपरेको छ। विहान पानी पर्नेवित्तिकै खेतमा गोरु र हलो लिएर सनके खेतका गरामा पुग्छ । नजिकै रहेको खहरे बाढी आएका बेला घरबासै पो उठाउने हो की झैं गरेर गड्गडाउँदै बलेसीमै बाढीको छल्को आइपुग्छ । पानी पर्न छोड्यो, कमिला कुद्न थाल्छन् । खोलाका छेउमा घर भन्नुमात्र छ, खोलाको पानीको कुनै भर छैन । आकाशबाट पानी पर्न थाल्ने वित्तिकै झरी नभनी खेतका गरामा पुग्नुपर्ने डाँडागाउँका केही परिवारको बाध्यता छ।
भद्रसिंको घरमा बाल्यकालदेखि नै बसेको सनके आफ्नै घर जस्तो गरी काममा लिप्त छ । भद्रसिं पनि उसलाई निकै मायाँ गरेजस्तो गर्छन् । हुन त भद्रसिंले माया गर्ने अरु को नै छ र ? छोरा–छोरी पढाईका सिलसिलामा घरदेखि टाढै छन् । घर–परिवार भन्नु नै भद्रसिं उनकी श्रीमती जानुका र सनके मात्र हुन् । विचरा सनके नहुँदो हो त भद्रसिंका गाईवस्तु भोकभोकै मर्थे होलान् । त्यतिमात्र होइन जग्गा जमिन बाँझै रहलाकी भन्ने त्रास उत्तिकै । खेताला पाइदैन डाँडागाउँमा आजकले। गाउँका सबै युवाहरु रोजगारी र अवसरको खोजीमा कोही शहर पसेका छन् त कोही विदेशिएका छन् । गाउँमा युवा नभएका बेला खुब महŒव छ, सनकेको अर्थात सनकेका श्रम र पसिनाको । लामो समय थलिनु हो भने सनकेलाई कसले माया पाउँथ्यो या थिएन भन्न सकिन्न । कामकै कारण सनकेले यथेष्ट माया पाएको छ भद्रसिं र जानुकाबाट । सनके १० वर्षको हुँदा उसका आमा–बाबुको चम्पेको पहिरोमा पुरिएर ज्यान गयो। जग्गा जमिन सबै पहिरोले पुरेर बगरमा परिणत भयो । बाल्यकालमै टुहुरो भएको सनकेका सहारा भद्रसिंको परिवार बने। भद्रसिंले संरक्षण दिए । तर स्वार्थको । सनके जति बढ्दै गयो, त्यति नै कामको बोझ पनि थपिंदै गयो । आजकल घरको सारा कामको जिम्मेवारी सनकेकै काँधमा छ । तर, सनकेले कुनै दिन पनि अर्काको घर सम्झिएन, आफ्नै सम्झेर घर–खेत संहालेको छ।
आज असार १५ को दिन । हिलोमा पसेर धान रोप्नुपर्ने अनि दिउँसो दही चिउरा खानुपर्ने पुरानै चलन हो । चाडपर्व मनाउन भद्रसिं जति रुची देखाउँछन् सनके त्यो भन्दा धेरै गुणा माथि छ। भद्रसिंले ताप्लेजुङ बजारबाट हिजै कोला किनेर ल्याएका छन् । दुहुनो गाई घरमै भएकाले एकराते लहरे दही जमाइएको छ। रोपाईंमा खाजाका लागि ल्याएको चिउरा छँदैछ । भूमिराजका दिन ल्याङ्वाको बगैंचाबाट ल्याएका आँप पनि पाकेका छन् । खानेकुरा सबै तयार भएपनि हिलोमा खुट्टा नहाली भद्रसिं र सनके दुवैलाई चित्त बुझ्दैन ।
वर्षातमा धेरै भिज्यो भने ज्वरो आउन सक्ने खतरा पनि त्यतिकै हुन्छ। त्यसैले होला सनके एकाकाँधमा हलो–जुवा, पछाडि ढाडमा झुत्रिएको घुम, अर्कोहातमा लौरो अनि अघि–अघि गोरु लिएर खेततर्फ लाग्यो । आकाशबाट बर्सिएको पानीले सनकेको जीऊ निथ्रुक्क भिजेको छ। घुम ओडेको भन्नुमात्र छ । कति वर्ष पहिले भोर्लाका पातले छापेको घुममा सबै प्वालै–प्वाल छन् । घुमबाट छिरेको पानीले भिजाएपनि त्यसको पर्वाह नगरी सनकेले एउटा गरो हिल्यायो, माटो सम्याउन दाँदे लगायो, छेउकुना खनेर फ्याउरीको सहारामा बाउसे गरेर धान रोप्न ठिक्क पा¥यो । पल्लाघरकी काइँली र जानुका डोकामा बिउ बोकेर मेलामा पुगे। धान रोप्ने मेलो तयार भएपछि सनकेले गोरु फुकाएर नजिकै खेतमै बाँध्यो। भद्रसिंले सनकेलाई खाना लिएर संगसंगै पुगे र बिऊ पँजाउने निहुँ गर्दै हिलामा खुट्टा हाले। अलि रमाइला स्वभावका उनले एक÷दुई मुठी बिऊ हातमा लिएर धान पनि रोपे । सनकेले खाना खाएर दिनभरलाई पुग्ने गरी गाई र गोरुलाई घाँस काट्यो ।
तराई जस्तो होइन पहाडमा। असार महिना भित्रैमा खेत रोपी सक्नुपर्छ । बैशाखदेखि नै धान रोप्ने तयारीको सुरसार शुरु हुन्छ । बैशाखको अन्त्यदेखि बीऊ राख्ने खेतका गराका छेउकुनामा भएको झार फ्याक्ने (आली एैचिला काट्ने) जस्ता काम भरसक जेठभित्रैमा सकिन्छ । भद्रसिंको घर ताप्लेजुङको फुङ्लिङ –७ मा पर्छ । घर संगसंगै खेती पनि भएकाले असारको अन्त्यसम्ममा धान रोपी सक्छन् । घरको रोपार्इं सकेपछि फुर्सद पाउने वित्तिकै सनके विहान बेलुका घाँस काटेर दिउँसो पैसा कमाउन जान्छ । यो उसको वर्षौदेखिको निरन्तरता हो । आफ्नो घरको रोपाईं छिटो–छिटो गर्न भद्रसिं र जानुका पनि आतुर हुन्छन् । त्यसो त सनकेको वर्षौदेखिको अभ्यास यी दुवैलाई राम्रो थाहा छ। ताप्लेजुङमा निकै महŒवका साथ धुमधामसंगले लाखे जात्रा मनाइन्छ । अर्काको खेताला गएर कमाएको पैसा सनकेले त्यही जात्रामा खर्च गर्छ । सनके यो जात्रामा तीनदिनसम्म घर फर्कंदैन । बजारमै बस्छ । गाउँबाट आएकाहरुसंग धान नाच्छ, जानी नजानी पालम भन्छ, लाखे पूर्णिमाका दिन हिंडेको सनके धान रोपाईं (द्वितीया) सकेर मात्र घर फर्कन्छ । त्यही जात्रालाई खर्च जुटाउन सनके घरको रोपाई छिटो सकेर छिमेकीकहाँ पनि काम सघाउँछ।
खेतीको समयमा के–के चाहिन्छ आवश्यक जोगाड बेलैमा गर्छन, डाँडा गाउँका बासिन्दा । रोपाई नसकेसम्म घरमा खाने खुवाउने कुनैपनि सामग्रीको अभाव नहोस भन्नका लागि बैशाखकै दिनमा सामान किन्छन् । अझ धेरैले त झापा झरेका बेला चामल, नून, तेल, चिनी लान्छन् । भद्रसिंको झापा झराई ‘पशुपतिको दर्शन सिद्राको व्यापार’ भने झैं हो । पहाडी भेगमा उत्पादन हुने जंगली जडीबुटीको व्यापार पनि छ उनको । व्यापारिक कारोबारका लागि झापा झरेर फर्कने बेलामा घरमा आवश्यक सामग्री लाने उनको पुरानै बानी हो । यी सामान पहाडमा नपाइने होइनन् तर तराईमा केही सस्तो हुने हुँदा दुईचार महिनाका लागि सौदा लान्छन् ।
एसएलसी पास गरेर पढ्नका लागि भद्रसिंकी छोेरी रिता विर्तामोड डेरामा बस्न थाल्छे। भद्रसिं र जानुकाकी एकमात्र छोरी हो ऊ। रिताका दाजु विमल पढाईकै शिलशिलामा लगभग पाँचबर्ष अघिदेखि यु. के.मा छन् । रिता पनि विर्तामोड बस्न थालेको दुईवर्ष पुग्यो । एसएलसी पास गरेर कक्षा ११ र १२ को पढाइका लागि झापा आएकी उनले दुई वर्षे कोर्ष पुरा गरिसकिन् ।
छोरीको अध्ययनका लागि कुनै अभाव हुन दिएका छैनन् जानुका र भद्रसिंले । अझ बाबुलाई छलेर पनि जानुकाले खर्च पठाइदिन्छिन् बेलाबेला । त्यसो त भद्रसिं पनि छोरीले पैसा चाहियो भनेपछि पठाइदिइ हाल्छन् । ब्यापारका शिलशिलामा विर्तामोड आएकै बेला पनि छोरीलाई बाटैमा बोलाएर खर्च दिएरै फर्कन्छन् । छोरीको पढाइ कस्तो छ ? पासफेल के भई ? भद्रसिंलाई थाहा छैन । कहिले काहीं फोन गरेर रिताको पढाइबारे सोध्छन् भद्रसिं । बुबाको सोधाईमा– रिताको जवाफ ठिकै छ। भेटमा होस वा फोनमा बाबु–छोरीबीच पढाइबारे कुरा त्यही हो। स्कूलमा पढाइ राम्रै भएको रिताको छाप बाबुआमामा ताजै छ । सोही अनुसारको छोरीमाथिको विश्वास छँदैछ । किनकी कक्षा दशसम्म ताप्लेजुङ सदरमुकाममा रहेको स्कुलमा अध्ययन गर्दा रिताको बानी–व्यहोरा र पढाईले गुरुदेखि गाउँघरसम्मले विश्वास गरेका छन् । त्यो कुरा भद्रसिंलाई पनि राम्रो थाहा छ। गाउँमा अलि पढेलेखेकी छोरी रितामात्रै हुनाले पनि सबैको हाइ हाई थिई। ‘यसले यो गाउँलाई चिनाउँछे’ भनेर प्रसंशा गर्नेेहरु थुप्रै थिए । गाउँका सबैको आशा र भरोसा थियो रितामाथि। गुरुदेखि, साथीहरु आफन्त र गाउँले सबैको आशाको किरण बनेकी रितालाई बुबाले अविश्वास गर्ने कुरै भएन। त्यसैले त उसलाई दुईवर्षदेखि विर्तामोडमा एक्लै कोठा भाडामा बसेर उच्च शिक्षा पढ्नका लागि छाडेका छन्–सिं दम्पत्तीले।
कक्षा ११÷१२ को पढाई सकियो। जेठमा परीक्षा सकिएपछि घर जानुपर्ने समय नजिकिएको छ। घरमा गएपछि विगतमा जस्तै घरको काममा आमालाई र सनकेलाई सघाउनु रिताको दैनिकी बन्थ्यो। तर उनलाई पहाडे परिवेश मन पर्न छोडिसकेको थियो। घरमा पुगेर काममा ब्यस्त हुने कुरा सम्झन पनि मन थिएन। त्यत्तिकै विर्तामोड बस्न त ‘बुबाले पक्कै दिनुहुन्न’ भन्ने पनि रिताले बुझेकै थिइ। के गर्ने कक्षा–१२ को परीक्षा सकिएदेखि नै मनमा अनेक प्रकारका तर्कनाहरु खेल्न थालेका छन् । जेठको अन्तिम हप्ता कक्षा–१२ को परीक्षा सकिएको छ। २ वर्षसम्म पढ्दाका साथीहरुसंगको मिलन–विछोड सम्बन्धी भलाकुसारी पनि सकिएको छ। कक्षा–११÷१२ संगै पढेका साथीहरुबीच माथिल्लो तहमा भेट हुने–नहुने कुनै टुङ्गो छैन । त्यही भएर पनि परीक्षा सकेका केही दिन आपसमा भेटघाट गर्नु, रमाइलो गर्नु स्वाभाविकै थियोे । पहाडकी छोरी । सिधा ! बोल्न पनि त्यति नजान्ने ! पढाईमा तगडा, छट्याइ–फट्याई, ठट्यौली के हो स्कुल पढुन्जेल रितालाई केही थाहा थिएन। हप्तामा दुईपटक मात्र स्कूल ‘ड्रेस’ परिवर्तन गर्थी । नङपालिस, लिपिष्टिक देख्दा रिस उठ्थ्यो, लामो समय स्कूल विदा भएका बेला मावल जाँदा सानिमाहरुले लगाइदिन खोज्दा प्राकृतिक रुप नै राम्रो भन्ने गर्थी ऊ । रिताको यो भनाईले सबै छक्क पर्थे र भन्थे–‘यो पछि कस्ती हुन्छे होला ?’ चप्पल त एकजोडी भएपछि त्यो नफाटुञ्जेल अर्को लगाउदिनथी, बुबाले माया गरेर ल्याइदिएका कति जोडी जुत्ताचप्पल नलगाई साना भएर कसैलाई दिनुपरेको यथार्थ पनि थियो ।
स्वास्थ्य, शिक्षा, सडक लगायतका भौतिक सुविधा भएको झापाको विर्तामोडमा पूर्वीपहाड तथा ग्रामीण क्षेत्रका मानिसहरुको आकर्षण बढेकै कारण जनघनŒवको चाप पनि त्यतिकै बढेको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा ठूल्ठूला व्यापार–व्यवसायहरु यहीबाट चल्छन्। अन्तर्राष्ट्रिय व्यापारका लागि १६ किलोमिटर पूर्वमा रहेको पूर्वी नाका काँकरभिट्टा पर्छ। उक्त नाका भएर छिमेकी मुलुक भारत बंगलादेश तथा तेस्रो मुलुकसंगको व्यापारिक सम्बन्ध जोड्ने पूर्वको नाका यही नै हो। नाका भएर नै होला दिनरात नाकामा ओदोर–दोहोर चल्छ भन्छन् बुझेकाहरु। प्रशासनको आँखा छलेर निकासी गर्नुपर्ने सामान होस् या प्रशासनलाई बुझो लगाएर निकासी गर्नुपर्ने हो त्यसमा व्यापारीहरु पोख्त भइसकेका छन्। कहिले काँही बुझोमा चित्त नबुझ्दा प्रशासनले काम गरेजस्तो पनि देखाउँछ र प्रशासन भएको अनुभूति दिलाउँछ। कहिले होटलमा छापा मारेजस्तो पनि गर्छ, कहिले अवैध सामान समात्छ, कहिले सुपारी, कहिले अम्लिसो, कहिले कपडा यस्तै–यस्तै। त्यसै भएर पनि होला काँकरभिट्टामा बस्न व्यापारीहरु त्यति सुरक्षित ठान्दैनन्। सिमानामा खुलेका किसिम–किसिमका होटल छोडेर बासका लागि विर्तामोड नै आइपुग्छन्। पहाडे जडीबुटीको व्यापार गर्ने भद्रसिं पनि बास बस्नुपर्दा सिमानाकाको काम सिध्याएर विर्तामोडका होटलमा नै आइपुग्थे ।
पढ्ने सुविधाका लागि विर्तामोड आएकी रितालाई पनि विर्तामोडको हावाले छोइसकेको थियो। यहाँ हुने हरेक प्रकारका व्यापारहरुबारे बुझ्न थालिकसेकी थिइ । ११ कक्षा पढुञ्जेल उसको पढाइ राम्रै भएपनि कक्षा–१२ मा निकै विग्रिसकेको थियो । पढाइमा भन्दा अन्तै मन जान थालिसकेको थियो । दिनहुँ फेसनेवल लुगा परिवर्तन गर्ने, नयाँ–नयाँ साथी बनाउने र नयाँ–नयाँ ठाउँ घुम्न जाने, होटल–रेस्टुरेन्ट परिवर्तन गरेर नयाँ–नयाँ स्वाद लिने बानी परिसकेको थियो । कक्षा–१२ को परीक्षा सकिनेवित्तिकै बुबा–आमाले घर आउन भने पनि त्यो उसलाई स्वीकार्य भएन । सिप सिक्ने बहाना बनाएर त्यसलाई अस्वीकार गरिदिई उसले । रितामात्रै होइन, स्वास्थ्य, शिक्षा, सडक, व्यापार–व्यवसाय आदिको सहजताका लागि विर्तामोड छिर्नेहरुको लर्को बर्षेनी बढ्ने गरेको छ। त्यही भिडमा रिताले पनि आफूलाई उभ्याएकी थिई । बुबा आमाकी प्यारी छोरी उसलाई केहीको अभाव थिएन। उनीहरुले दुःखै गरेर पनि सारा आवश्यकताहरु पूरा गरिदिएका थिए । तर बद्लिएको फेसन र उच्च जीवनशैलीले बुबाआमाले पढ्नका लागि पठाएको खर्चले रिताको दैनिकी धान्न छोडेको थियो । उसलाई परिश्रम नै नगरी पैैसा कमाउने र रामरौसमा खर्च गर्ने रहर जाग्न थालेको थियो। ऊ परिश्रम नगरी सहज पैसा आर्जन गर्ने बाटो खोज्न थालेकी थिई ।
पढाई पनि सकिएका कारण यसवर्षको असार १५ मनाउन अर्थात दही चिउरा खान भद्रसिंले रितालाई घरैमा बोलाए । तर, व्युटी पार्लर सिक्न शुरु गरेको भन्दै घर फर्कन अस्वीकार गरिदिई । बरु पार्लर सिक्दा निकै खर्च लाग्ने भन्दै बुबालाई पैसा पठाइमागी उसले । घर बोलाउँदा आउँदिन भनेपछि खिन्न हुँदै फोन राखे भद्रसिंले । बाबु खिन्न भएको बुझेकी रितालाई पैसा आउने हो कि नआउने हो भन्ने चिन्ता भइरह्यो । तर, उसले बुबाको आग्रहलाई ढाँटेर उडाए पनि भद्रसिंले भनेजति पैसा भोलीपल्टै पठाइदिए । छोरीले विर्तामोडमा नै पार्लर सिकेकोप्रति आमा जानुका चाहीं सहमत थिइनन् । उनले पैसा नपठाइ छोरीलाई घरैमा बोलाउन आग्रह पनि गरिन पतिलाई । ताप्लेजुङमै प्रशस्त व्युटिपार्लरहरु खुलिसकेको भन्दै जानुकाले घरैमा बसेर छोरीले सिप सिक्न सक्ने तर्क समेत गरिन् । तर, सिप सिकेर आफ्नै खुट्टामा उभिन्छु भन्ने छोरीको कुरा ठिकै लाग्यो भद्रसिंलाई । सिप सिक्न थालिसकेकी छोरीलाई त्यहाँबाट छुटाउनु भन्दा पैसा पठाउनु नै मनासिव लाग्यो क्यारे भद्रसिंलाई। जानुकाको भनाई पनि भद्रसिंलाई ठिक नलागेको होइन, तर छोरीको मागलाई पनि काट्न सकेनन् ।
दुई वर्ष विर्तामोड बस्दा रितामा धेरै परिवर्तन आएको थियो। ११ बजे कलेजबाट आएपछि कसले बोलाउँछ÷कुन होटलबाट फोन आउँछ, मोवाइल कुरेर बस्न थालेकी थिई। कोठामा संगै बस्ने पाँचथर भारपाकी साथी मनिताको बसाईको पनि कुनै टुङ्गो हुँदैनथ्यो । ऊ निकै चल्तीकी यौन व्यवसायी । उसैको संगतले रितालाई पनि फोन कुर्ने अर्थात श्रम नै नगरी पैसा कमाउने बाटो पहिल्याउन सहज भएको थियो । बुबाले रितालाई कोठामा एक्लै बस्नु भनेका थिए । तर कलेजमा मिल्ने साथी मनितालाई साथी बनाएकी थिई रिताले ।
भाडामा कोठा लिएर बसेको । घरधनीले पनि धेरै याद ग¥यो र सोध्यो भने पैसा तिरेर बसेको त हो नी, त्यसै बसेको हो र ? भन्ने ठाडो जवाफ दिन्थ्यौं । टाढा भएका बुबा–आमा अन्जान थिए । घरधनीलाई पनि त्यसो भनेपछि रिता स्वतन्त्र पक्षी झैं भई ।
एसएलसीको पढाईसम्म घुँडा देखिने कपडा लगाउन नमान्ने रिताको लवज छोटिएको छ। नाम पनि परिवर्तन भएर रिस्तामा परिणत भएको छ। तिघ्रा देखिने कपडा नलगाए चित्तै बुझ्दैन । कलेजको समय भन्दा अघिपछि आङमा लामो कपडा पर्न छोडेको छ। मनिताको संगतले रिता पनि यौन व्यवसायमा छिरिसकेकी छे । उसका व्यवसायिक साथीहरु नै धेरै छन् । शुरु–शुरुमा यो व्यवसायमा मनिता, रिताजस्ता दुईचार जनामात्र थिए । कमाई पनि राम्रै थियो । तर, पछिल्लो समय यसमा पनि भिड बढ्दै गएको छ। गज्जव रहेछ यो व्यवसाय न त लगानी छ न त परिश्रम नै । रमाइलो व्यापार। अघिपछि रमाइलै भएपनि प्रशासनले कहिलेकाँही दिने शास्तीबाट भने अलि चिन्ता लाग्ने गरेको छ रिस्तालाई । प्रशासनको दवावकै क्रममा घर–परिवार र आफन्तले थाहा पाउलान् की भनेर झस्किन्छे कहिलेकाहीं ।
विर्तामोडसहित देशका विभिन्न शहर तथा गाउँमै खोलिएका कतिपय होटलले आ–आफ्नै तरिकाले यौनकर्मी सम्पर्कमा राखेका छन् । पहिलेपहिले राजमार्गका होटलतिर बढी हुने यौन धन्दा समय बित्दै जाँदा ठूलोदेखि साना छाप्रे होटलसम्म फैलिएको छ। शायद यौनलाई शारीरिक आवश्यकताका रुपमा लिने खुल्लापन बढेर हो वा पश्चिमा चलनको प्रभावले।
विद्यालयमा नै स्वास्थ्य शिक्षा लिएर पढेको पढाइले रितालाई निकै सहज बनाएको छ व्यवायिक क्षेत्रमा। यौन के हो ? भन्नेबारे जानकार छन् उनी। त्यसबाट बच्ने उपाय सम्बन्धी पनि धेरथोर जानकारी छ । त्यसैले त होटलका सम्पर्कमा रहन्छिन् । विहान, दिउँसो वा बेलुका जतिबेला भने पनि उनी हाजिर हुन्छिन् । पसलेले उनको यौवनलाई सहज आयस्रोतको माध्यम मात्रै बनाएको छैन, उनलाई पनि पर्याप्त पैसा दिएर आकर्षण गरेको छ। ग्राहकलाई दिने सेवाका कारण पनि उनी त्यस क्षेत्रमा निकै चर्चित छन् ।
पहाडबाट झरेको दुइवर्ष भएपनि वर्षौदेखि खाएको पहाडको पानी अझै सकिएको छैन शरीरमा । गोरो वर्ण सलक्क परेको केशराशी, मृगका जस्ता आँखा, अग्लो कद, शारीरिक बनोट नै लोभ लाग्दो छ। त्यसैले पनि होटलवाला र ग्राहकले बढी रुचाउँन थालेका छन्–उनको जवानीलाई।
उता पहाडमा धान रोपाइ सकियो । धान रोप्नुअघि खेतका पाकेका मकै भाँचेर त्यतिकै थुपारेका थिए । त्यो पनि नङ्ग्याउने तथा झुत्याएर थाङ्ग्रामा राखिसके । एकदुई गरामा कोदो रोप्नुपर्ने त्यो पनि सकियो । धान सँगसँगै दाल छरेर छिट्टै काम सके । भद्रसिंलाई तराई झर्ने हतारो छ, त्यसैले पनि हतार–हतार घरको थान्कोमुन्को सकेका हुन् ।
आमा जानुकाको छोरीसंग भेट नभएको लामो समय भइसकेको छ। आफू आउन नपाएपनि छोरीलाई मनपर्ने सामान पठाइदिने तयारी गर्दैछिन् । जानुकाले छोरीलाई मनपर्ने असारे आरुदेखि आल्चा, आँपको अचार, धुले अचार, घिउ लगायतका सामान भद्रसिंका झोलामा हालीसकेकी छन् । किन कि भद्रसिं पनि भोली झापा जाने तयारीमा जुटेका छन् । लेकाली भेगका किसानले संकलन गरेर ल्याएको चिराइतो खरिद गरेर झापामा ल्याई गोदाममा थन्क्याएको लामो समय वितिसकेको छ। नकेलाई राखेका कारण अन्य झार–पातले गर्दा मूल्यवान चिराइतो कुहिएर कौडीको मूल्यमा पुग्ला कि भन्ने ठूलो चिन्ता छ। गोदाममा थुपारेको चिराइतोलाई मजदुर लगाएर केलाउने र निकासीको प्रबन्ध समेत मिलाउनुपर्ने हुँदा भद्रसिं केहीदिन बस्नैपर्ने छ यसपटक ।
विहान ४ बजेको ताप्लेजुङबाट झापाको विर्तामोड आउने बसमा टिकट काटेको अघिल्लै दिन भद्रसिंले श्रीमति जानुकालाई जानकारी गराइसकेका थिए । सोही अनुसार जानुकाले विहान चाँडै उठेर चिया–खाजाको बन्दोबस्त मिलाइन् । खाजा खाँदै गर्दा झोलामा छोरीका लागि पठाएका सामानबारे पतिलाई जानकारी गराइन। माथि बाटामा गाडीको हर्न बज्यो । सनकेले झोला बोक्यो । भद्रसिंका घर नजिकै छ–राजमार्ग । सनकेले झोला बोक्यो, जानुका पनि पतिलाई छाड्न बाटासम्म आइन् । केही क्षणमै गाडी आइपुग्यो । भद्रसिं बसमा चढे । श्रीमती र सनकेलाई हात हल्लाएर विदाइ गर्न नभ्याउँदै गाडीले हुँइकिएर घुम्तीमा पुगिसकेको छ ।
दिउँसोको ३ नबज्दै विर्तामोड बसपार्क आएपुगे भद्रसिं । बाटैबाट फोन गरेर छोरीलाई बसपार्क आउन भनिसकेका थिए । बुबाको आज्ञा अनुसार रिश्ता बसपार्क पुगी तर, अलि ढिलो गरेर। त्यहाँ पुग्दा भद्रसिं अघि नै आएर छोरीको बाटो कुर्दै बसिरहेका थिए । बाबुछोरीबीच सामान्य भलाकुसारी र खबरखाबर आदान–प्रदान भयो । जानुकाले छोरीलाई पठाइदिएको सामान झिकेर दिए भद्रसिंले । कोठामा बसेकी छोरीको कोठामा जान पनि चाहेनन् उनले ।उनले छोरीलाई केही खर्च समेत दिएर विदा गरे ।
दिनभर गाडीको यात्राले थकान महसुस भइरहेको थियो भद्रसिंलाइ। जाडो ठाउँबाट एक्कासी गर्मीमा प्रवेश गर्दा जीऊ थकित भएको थियो। त्यसैले आराम गर्न बसपार्ककै एक होटलभित्र पसे, जहाँ लजको पनि सुविधा थियो । यो उनको झापा आउँदा बस्ने पुरानै ठाउँ हो । पुरानै ग्राहक भएकोले होटलवालाले भद्रसिंको चाहना अनुसारको तीनतला माथिको कोठाको प्रबन्ध मिलाए । १० घण्टा लामो पट्यार लाग्दो बसाईले बोधो भएको जीउ फ्रेस गराउन नुहाए र केही अनन्य साथीहरुलाई त्यहीं बोलाएर भेटघाट तथा खानपिनतर्फ लागे । राती अवेरसम्म खानपानमा रमाइलो गरेपछि साथीहरुलाई विदा गर्दै आफूपनि विस्तारामा पल्टिए ।
भोलीपल्ट विहानै उठेर चिराइतो गोदामतर्फ हान्निए । अध्यारो हावा कहींबाट नपस्ने कोठामा थुनेर राखिएको चिराइतो परै ढुसी गन्हाउने भएको थियो । भद्रसिं झस्किए कुहियो कि क्या हो ? भन्ने त्रास पनि बढ्यो । त्यसपछि उनी लागे चिराइतो केलाउने मजदुर खोज्न । भोलीपल्टदेखि काम गर्ने ५ जना मजदुरको बन्दोबस्ती गरेर फर्किए उनी । विहानदेखि खाना नै नखाइ खाजाका भरमा बसेका भद्रसिंले काउन्टरकै अगाडि बसेर मासु–रक्सी खाए । रात परी सकेको थियो । अनि एउटा शिखर चुरोट तान्दै रातिका लागि माल (केटी) मगाइदिन होटलवालालाई आग्रह गरेर कोठातर्फ लागे ।
बसपार्कमा व्यवसाय सञ्चालन गरेर अभ्यस्त भएको होटलवालालाई ‘माल’को भाषा बुझ्न कठिन थिएन। भद्रसिंको बोली भुँईमा खसी नसक्दै होटल साहुले फोन नम्बर डायल गरी हाले । र भने रिश्ता हो ? ल आज बेलुका यहाँ आउनुप¥यो । ग्राहक छन् । होटलवालाको फोन अनुसार बेलुका ८ बजेतिर रिश्ता होटलमा पुगी । अनुहार ‘फुल मेकअप’ ले सजिएको थियो । शरीरमा कलेज ड्रेस र काँधमा कलेज ब्याग (झोला) । रिताको यौन व्यवसायमा फेरिएको नाम थियो–‘रिस्ता’ । टकटक गर्दै होटलमा पुगेकी रिश्ताले काउन्टरमा एकछिन् उभिई । त्यो पछि टेवलमा बसी । केही हार्ड ड्रिङ्सका साथमा चुरोट पनि तानी । रिस्तालाई होटलवालाले रुम नम्बर संकेत गरिसकेको थियो । जहाँ भद्रसिं बसेका थिए । नौ बजेपछि विर्तामोडका होटलमा बाहिरका सटर बन्द हुन्छन् । भित्र जे–जे भएपनि ।
टक–टक हिंडेको आवाज आयो । भद्रसिं रोमान्टिक मुडमा पुगिसकेका थिए । केही क्षणमै आफ्नै कोठाको ढोका ढकढक गरेको आवाज सुनेपछि ओछ्यानमा पल्टिएका भद्रसिंले जुरुक्क उठेर कोठाको ढोका खोले र पुनः ओछ्यानमै पल्टिहाले । ढोकातिर अध्यारो भाग भएपनि भित्र कोठा उज्यालो थियो । यतिञ्जेल न त भद्रसिंले रिश्ताको अनुहार देखे न त रिश्ताले नै । रिस्तालाई पनि ग्राहक खुशी पारेर बढीभन्दा बढी पारिश्रमिक लिने तिब्र इच्छा थियो भने भद्रसिं पनि निकै महिनापछि घर बाहिर हिंडेका, रमाइलो गर्ने मक्सजमा पछाडिबाटै नियाल्दैछन् । रमाइलो गर्ने तरिकाबारे सोच्दैछन् । कस्ती होली रातभर आफूसंगै रोमान्समा सहभागी हुने पार्टनर भन्ने कौतुहलता पनि थियो । कोठाभित्र छिरेकी युवतीलाई देखेपछि होटलवालालाई मनमनै धन्यवाद दिए भद्रसिंले।
कपडा फेरिसकेर रिस्ता हतार–हतार भद्रसिं पल्टिएको खाटमा गएर बसिन् । श्रृङ्गारले बदलिएको रिस्ताको रुपको भद्रसिंलाई ख्यालै भएन । ढोकाभित्र छिरेसंगै विकिनीमा लुटपुटिन पुगेकी युवतीको स्पर्शले भद्रसिं झन उत्तेजित हुँदै गए । रिस्तालाई नशालु नजरले अंगालोमा बरेर सुम्सुम्याइरहे । साथमा चुरोट र रक्सीले उनको जोसलाई अझ हौस्याइरहेको थियो । तर रोमान्सको अन्तिम सिमानामा पुग्दा भद्रसिंको अनुहारमा सिधा आँखा जुधाएकी रिस्ता एक्कासी डाको छोडेर रुन थाली । नसामा डुबेका भद्रसिंले पहिले छोरीलाई चिनेकी चिनेनन् । तर, चिच्याहटसहितको रुवाईले झस्काएर पछाडि फर्किन बाध्य बनायो । धेरै बेरको सन्नाटापछि भद्रसिंका बाबु–छोरी त्यही अंगालो हालेर रुवाबासी गरे । केही बेर एक्ला एक्लै बसेर सोच्न थाले। एवम् क्रम दोहोरियो । रात त्यत्तिकै वित्यो । विहान सखारै बाबु छोरीबीच आगामी दिनमा यस्ता कार्य नदोहो¥याउने बाचा गर्दै कसैलाई नभन्ने सम्झौता गरे ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।