पंचतारे होटेलहरू खोलेर विदेषीहरू अनि गोजी ठूलो भएकालाई धन खर्चिनका लागि सुविधा सबै देषले जुटाइरहेका छन्। यस्ता होटेल आफैमा एउटा सहर जस्ता हुन्छन्। शपिङ अर्केडको नाममा हिन्दूका जम्मै चैरासी लाख देवताका मूर्तिहरू, गणेषजीका सयौं आसन अनि भारत-नेपालका हरेक शैलीको लोककलाको प्रारूप यी होटेलमा उपलब्ध छन्। लोकपहिरन अनि प्रायः हरेक जानवरको छाला, सिंग, दाँत, नङ इत्यादि पनि पाइन्छन् अरे! नया र पुराना खालका सबै ज्वैलरी पनि हाजिर! यिनी सबै निर्जीव चीजहरूबाहेक एक विषेश सजीव वस्तु पनि पाइन्छ जसलाई शोकेसमा खुल्ला न राखेर गुप्त कोठामा मोलतोल हुन्छ....!
अजन्ता-एलौराकी मूर्तिझैं सुनयना नाभिदर्षना सारीमा चिटिक्क परेर पंचतारे होटेलमा पस्छे संधै सांझका बेला। सितीमितीले उसलाई छुन सक्दैन ... निकै चर्को प्राइस-ट्याग छ।.... ऊ भन्दा पनि जवान अनि सुन्दर, सजीव मूर्तिहरू नेपालका गाउँहरूबाट पुग्दछन् पंचतारे होटेलको पछिपट्टिका झुग्गीहरूमा र बेचिन्छन् अति सस्तो। होटेल-संस्कृतिका दुई रूप - एक छाक खानकीको मोल होटेलभित्र र बाहिर भिन्दै हुनिनै भयो।
सुनयनाको जुहुको छेउमा एउटा चारकोठे एपार्टमेण्ट छ - बाबा, आमा, दाज्यू-बैनी सबै छन् तर अझसम्म कसैले सोध्ने जमर्को गरेका छैनन् - ऊ के गर्दछे, कता जान्छे, कुन कम्पनीको जागीर खान्छे....!