सुन्दर त्यो रुपरङ्ग हेरिरहूँ झै लाग्छ
युगौयुग अङ्गालोमा बेरिरहूँ झै लाग्छ
वहार बनि साहारा बनि आउ तिमी
गगन बनि मेरो जिवनमा छाउ तिमी
यादहरुको तोरणले घेरिरहुँ झै लाग्छ
युगौयुग अङ्गालोमा बेरिरहूँ झै लाग्छ
ज्योती बनेर मोती बनेर आउ तिमी
प्रेमको राग विराग बनेर आउ तिमी
जिन्दगीको अधेरी फेरिरहुँ झै लाग्छ
युगौयुग अङ्गालोमा बेरिरहूँ झै लाग्छ ।