18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

मैले रोजेको बाटो – भित्र आत्मालोचना र चेतहरू

कृति/समीक्षा सुकराज दियाली September 2, 2020, 10:52 am

कविको परिचय भनेको नै उनीद्वारा सिर्जना गरिएको कविता हो भन्ने पत्रलाई मान्दा मान्दै पनि अझ कविको व्यक्ति परिचयसम्म पुग्दा अर्को सन्तुष्टि मनमा छाउँदोरहेछ ।कवि ममि खवास उसको समाजदेखि बाहिर चिनिने र जानिने नाम हो । पुटुङ माध्यामिक विद्यालयका विद्यार्थी र अभिभावकले सर भनेर चिन्लान् । पुटुङवासीले पनि मणि सर भनेर चिनिराखेका छन् । पुटुङ उच्च माध्यामिक विद्यालयका शिक्षक, शिक्षिका एवं कर्मचारीको निम्ति, वरिवरि अन्य स्कूलका निम्ति उनी हेडसर भनेर चिन्लान् तर हामी उनको पेशादारी जीवनको जड़नदेखि उठेर उनी रहेको महान व्यक्तित्व कवि भनेर जानिराखेका छौं । उनका कविताहरूबाट बुझिरहेका छौं । यस्ता प्रतिभाशाली, विज्ञ, विद्धवान, शिक्षाप्रेमी मणि खवास भारतीय नेपाली साहित्यको एकजना रत्न हुन् । यस्ता रत्नको व्यक्तिगत विवरण हेर्दा उनी मञ्जु चियाकमान { मिरिर नजीक }- मा 18 मई 1960 मा जन्मीएका हुन् । उनको शिक्षा एम.ए. बी.एड. । पुटुङ उच्च माध्यमिक विद्यालय बेलगाछीको प्रधान अध्यापक । उनी विद्यार्थी कालदेखि नैसाहित्यमा चासो राखी अघाड़ि बढ़ेको देखिन्छ । सन् 1978 मा श्रृंगार – पत्रिकामा प्रकाशित आह्वान – रचना उनको पहिलो प्रकाशित रचना रहेको पाइन्छ । उनी सफल सम्पादक हुन् भनी प्रमाण गर्नको निम्ति उनीद्वारा सम्पादित तीनवटा साहित्यिक पत्रिकाहरू क्रमैले तृष्णा { सामसायिक साहित्यिक संकलन 1980 }, र जन आवाज { मासिक समाचारपत्र, 1983 } र पाइन्स एण्ड क्यामिलियाज 1984 । उसरी नै मणि खवासको पहिलो प्रकाशित साहित्यिक कृति उन्मुक्त अभिव्यक्तिहरू { मुक्तक सङ्ग्रह, 1989 }-लाई मान्न सकिन्छ ।

मैले रोजेको कविता सङ्ग्रहः

श्याम प्रकाशन, दार्जीलिङद्वारा सेप्टेम्बर 2003 मा प्रकाशित कविता सङ्ग्रह खवासको दोस्रो काव्यकृति हुन् । यस कविता सङ्ग्रहभित्र 27 वटा, फुटकर कविताहरू समावेश गरेका छन् । ती 27 वटा फुटकर कवितामा 2 वटा बाल कविता, एकवटा सवाईको आधारमा रचिएका कविताहरू पाइन्छ । गध्यशैलीमा भएफनि लयात्मक ढाँचामा प्रस्तुत गर्ने प्रयासहरू देखिन्छ । हाटकभरमा रहेको यो काव्यकृतिमा 52 पेजको आय़ाम रहेको देखिन्छ ।

मैले रोजेको बाटोः

खवासको यो काव्यकृतिको नाम - मैले रोजेको बाटो – 27 वटा कविताहरूभित्रबाटै 22 वौं कविताको शीर्ष लाइन नै सम्पूर्ण कविता सङ्ग्रहको नाम दिएका छन् । कविले – मैले रोजेको बाटो कितापको नाम राख्नुमा आफ्नो अड़ान यसरी राखेका छन् – मेरो मभित्रको अनुभूति हो । मैले भोगेको तीतो सत्य हो । यसैले मेरा यी कविताहरूमा शैलीको शिल्पभन्दा अधिक दुखाईका पीड़ाहरू होलान्, मेरा विविध परिस्थितका सान्दार्भिक आवाजहरू बनेका होलान् । अतः मलाई साह्रै उनुपयुक्त लागेका कतिपय कविताहरू यसबाट हट्न गए भने त्यसपछि लेखिएका नयाँ कविताहरू यस सङ्ग्रहमा समावेश हुन गए । फलस्वरूप पुस्तकको नामसमेत नयाँ गरी – मैले रोजेको बाटो – हुन गएको छ । कवि मुक्तिको गीत गाउन चाहन्चन् ती शोषित र पीड़ित मनोभाव भेका समाजदेखि । स्वार्थी, हिंस्रक, अवसरवादी मानिसहरूले गरेका अमानवीय कर्मको विरोध गर्न बाटो रोजेका छन् । मत-भेदका विचारमा सही निर्णय गर्ने दलगत् बल होइन आफ्नै सही विचारलाई अघि बढ़ाउन कविले आफ्नो बाटो रोजेका छन् .

भाइचाराको त्यो बाटोमा

तिमीले आफ्नो हकडक कायम राख्न

वैज्ञानिक सूत्र समेत विकृत तुल्यायौ

तर जब मैले त्यसो होइन यसो हो भन्न खोजें

तिमीलाई त्यो मन परेन

यसैले मेरो मार्ग बन्ने मेरो साथी

उन्मुक्तिको यो लड़ाईँमा

अब मैले आफ्नै मार्ग रोज्नु छ । { मैले रोजेको साथी, 45-46}

उन्मुक्तिको यो लड़ाईमा निःस्वार्थ भावले खट्ने, भाइचाराको बाटोलाई भत्काउने, दलबलको बलबुत्तामा हिंसा, द्वन्द्व गर्ने मनोवृतिको विरोधमा, अमानवीय वातावरण सिर्जना गर्ने हैकमवाद जमाउमने प्रवृतिको विरोधमा कविले आफ्नै बाटो रोजेको पाइन्छ । यसै सन्दर्भलाई जोड़ेर भूमिकामा डा. मोहन पी. दाहालले लेखेका छन् – कविले रोजेको बाटो यूटोपिया होइन, मुत्याम्या पनि होइन, युगान्ताकारी युगवोध हो, इतिहास-संशोधनको ईप्शा हो, क्रान्तिकारी चेतको चित्कार हो । यसै कवि खवासले रोजेको बाटो चेतका चित्कार हुन् भन्ने पक्षलाई उनका कविता सिर्जनालाई अवलोकन गर्न सकिन्छ ।

कविले सिर्जतना गरेका कविताहरूमा उसैको जीवन भोगाई, पीड़ा, असन्तुष्टिका कुबेलाहरू, समाजमा व्याप्त कुरीति, विसङ्गति, सामाजिक एक राजनैतिक समस्यासंग खवासका कविताहरू सम्बन्धित छन् । त्यसबेला कविको समयमा भयाभय, त्रासद, विकृति, अमानवीयता, द्वन्दव, षड़यन्त्र चारैतिर छाएका अप्ठ्यारो समय थियो । परिवेशमा राम्रा विचारधाराका मान्छेप्रति विरोधका भाव राख्नेका भीड़ थिए । कगले कान लग्यो भन्दा कानै नछामी कागको पछाड़ि कुद्नेहरूको जमातमा, आखाँ थिए. कान थिए, मस्तिष्क ठप्प थिए । आगो मात्र देख्ने, द्वन्दव र हिंसामा रमाउँथ्ये । सोझा निमुखा जनतामाथि अन्याय र अत्याचार जस्तो जञ्जिर र नेलले उनीहरूका हात खुट्टालाई बाँधिदिएका परिस्थिति थियो । यस्ता अवस्थामा विरोध गर्न कविभित्रको छोरा उठी आक्रोश पोखेका छन् –

छात्तीभरि हिम्मत छ यो तिम्रो छोराको

नाकमा रगत छ यो तिम्रो छोराको

हेर्नलाई आँखा र हिँड़नलाई

खुट्टा पनि छन् तिम्रो छोराको

मात्र तिमी रोई-रोई नहिँड़्नु

केवल तिमी पर्खिरहनु ! तिमी मलाई पर्खिरहनु ।{ पुत्रको पत्र पितालाई, 17}

ग्रामीण मानव समाजमा रहेका पुरानो रूढ़ीवादी विचारधारा र अन्धविश्वासलाई कविले विरोध गरेका छन् । यस्ता विचारधाराले समाजलाई प्रदुषित परिवेशतिर धकालिरहेको हुन्छ भनी सचेत भावहरू जगाउने प्रायममा उनका कविताहरू अघि आएका छन्-

मेरो छोरी ! मेरो नानी !!

तिमी जन्मदाँ मैले तिरस्कृत बन्नुपरेको थियो

छर-छिमेकीहरूबाट निन्दा सहनु परेको थियो

भोज-भतेर खानुको सट्टा

नुन – पानी खानु परेको थियो।

त्यसैर मेरो छोरी

तिमीले छोराकै मुटु लिएर हिँड़नु

छोरा जस्तै तिमी निर्भय बन्नु । { छोरीलाई अर्ती, 33 }

आफ्नो जन्मथलो, माटोसित आमा जतिकै गहन सम्बन्ध रहेको हुन्छ । स्नेहको रागहरू हृदयमा रहेको हुन्छ । असीमित श्रद्धा र प्रेमभाव पोखेका छन् । आफ्नो जन्मथलोदेखि टाड़ो रहँदा जन्मीएको ठाउँलाई सम्झीएको पाइन्छ । मनस्थिति गाउँसित जोड़िएको तरङर्ग हो । सच्चा छोरा, गाउँकै पानी पिएका, मामातृपितृसित सम्मान गाँसिएको मानिसको खुट्टा {जरा } सँदै गाउँमै गाड़िएको हुन्छ । गाउँको माया र छाया व्यक्तिको आन्तारिक भावना हो भन्ने पक्षलाई मेरो गाउँ भन्ने कवितामा दर्शआएको पाइन्छ –

दश महीना मलाई पेटमा बोकी

मेरी आमाले उकाली-ओराली गरेको त्यो ठाउँ

मैले मेरी आमाको गर्भबाट

प्रमचोटी विश्वलाई चियाएको त्यो ठाउँ

रोदन र मुस्कानसंगै आमा भन्न सिकेको त्यो ठाउँ

बामे सर्दै लर्खाराउँदै हिँड़न सिकेको त्यो गाउँ

मेरो प्यारो मञ्जु चियाबारी

त्यहीं गाउँ हो मेरो जन्म ठाउँ । { मेरो गाउँ, 24}

यसैले जिउँछु, जिउन चाहन्छु जति जति

मार्न च.हन्छन् तर मेरा इच्छाहरूलाई

हिँड़छु हिँड़न चाहन्छु जति जति

रोक्तछन् तर मेरा हर-पाइलाहरूलाई

बोल्छु, बोल्न चाहन्छु जति जति

औंला ठड़्याउँछन् तर मलाई.......। { रहर, 31}

सांसारिक भौतिक दुःख पीड़ा देखेर तथा मानव जगतको समाजमा छाएको अन्याय अत्यचार हिंसा, द्वन्द्व जस्ता अमानवीय कारकहरू कविले भोग्न परेपछि अन्तमा ईश्वरीय आस्थामा समीप हुन पलुगक्दछन् ।

लेख्दा-लेख्दा अब त हातै थाकिसक्यो

यसैले खै अब त कति भनौं

केवल ओम् शान्ति ! शान्ति !! शान्ति!

ओम् शान्ति ! शान्ति !! शान्ति !!!

कवि मणि खवासका कवितामा उनकै समाजमा देखिएका सामाजिक असमानता, अन्याय अत्यचार एवं आर्थिक चपेटाहरूका दयनीय अवस्था पाइन्छ । समाजमा छाएको सन्त्रासदेखि मुक्ति जीवनको चाहनाहरू उनले रोजेको बाटोमा रहोस् भन्ने कामना गरेका छन् । मानवीय मानव जगतमा हटेर जावोस् । मानवमूल्यमा जीवनका पलहरूले साचोस् न्यायपूर्ण समाजको निर्माणमा लागिपरौं भन्ने आह्वान उनले रोजेको बाटोको चेतनाहरू हुन् । कुरीति, विकृति विसङ्गति जस्ता असभ्य समाजको धारदेखि जोगिएर जातीय उन्नति, समाजको उन्नति शान्ति बनाइराख्ने चेतनालाई जगाउ खोजेका छन् । कवि मणि खवासलाई कविता सङ्ग्रह – मैले रोजेको बाटो – ले खाट्टी कविको रूपमा भारतीय नेपाली साहित्यमा स्थापित गरेको पाइन्छ ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।