18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल श्रीभक्त पौडेल¨आफन्त August 3, 2020, 5:29 pm

खै! यो कस्तो नजिर, बसाल्दैछन् कालाकोटेहरुले

ए हो हजुर् पाप पो, पखाल्दैछन् कालाकोटेहरुले ??

देख्यौं हुकुमी शाषन्, 'बेताज बादशाह'हरुको

कतै नेपथ्यमा आँसु,, खसाल्दैछन् कालाकोटेहरुले ।।

के साँच्चै अन्धा छन् र? ती लिखित कानुन हाम्रा

कि पूरानै दाउपेच, खकाल्दैछन् कालाकोटेहरुले ??

लोभमा फसे या, च्यातिए ऐनका ठेलिहरु यहाँ

बाझिएका तर्कैतर्क, पसाल्दैछन् कालाकोटेहरुले ।।

हैन आज फेरी, के सुन्दैछ यो "आफन्तले" ??

अपराधी नै बाहिर, धकाल्दैछन् कालाकोटेहरुले ।।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।