भाउ खोज्दा बजारको सस्तो माल नहोस्
बोलाई, गर्राईमा अन्तरघाती संजाल नहोस्
पश्चिम जल्दै छ, आज पानीको आभावले
पूर्व तर्राईमा नदी, कटानले अनिकाल नहोस्
आफ्नो घरको करेसामा, कौसो फलाई
पर्राई घरको अस्मितामा अंगमाल नहोस्
कोशी डुवानले पूर्वमा, लाखौं बेघर भो
राजधानीमा राहतको फालाफाल नहोस्
बिर्सि दिउँ अब गएका अँध्यारा दिनहरु
अब फेरी, ती हातहरुले बबाल नहोस्