18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल स्वयंम्बर सिंह लामा August 26, 2008, 2:56 pm

भाग्यको निधो छैन बाँच्नको लागि काम भेटियो
पसिनाको मोल त छैन इमान्दारीको दाम भेटियो
अब के नै बाँकी रहृ्यो राष्ट्रियताको छाती भित्र
विश्वासको साँचो भित्र देशघाती छलछाम भेटियो
बिरालोलाई दुधको चौकीदार साधु आफै चोर हुँदा
दोषी छाडा निर्दोष बाँध्ने फासीको लगाम भेटियो
मायावी र असुरहरु पुजी रहेछन् क्षण क्षणमा
निःस्वार्थको बाटो रोज्नेले लोकमा बदनाम भेटियो
कानुन र दण्ड सजाय निर्धालाई नै लाग्दो रहेछ
गरिबलाई जहिले पनि गाली तथानाम भेटियो

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।