अंधेरी रातमा साह्रो डरहरु हुन्छन्
आकाशका ताराहरु क्षत–बिक्षत भए जस्तो
जून एक्लिएर ताराहरुबाट टाढिए जस्तो
आकृतिहरु सब बिचित्र हुन्छन्
चकमन्न रातमा प्राणी हराइरहे जस्तो
भइचालोले बिक्षप्त स्वरुप जस्तो
सुन्दर देखिने हिमाल पनि
लुसुक्क पर्दै डराइरहे जस्तो
बिहानीको न्यानो ताप पर्खिरहे जस्तो
मानवहरु बेहोश मुद्रामा
चालै नपाई अनेकौं मनोवाद
अन्जानै लडिरहे जस्तो
हर रातका सपनाहरु
छताछुल्ल कुस्ती खेलिरहे जस्तो
मुटुका बन्द कोठाहरुमा
निस्सासीन खोजे जस्तो
सुनसान चकमन्नताको रात
निन्द्रामा बेहासिंदा पनि
कता कता पुगे जस्तो
काठमाडौं