18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल सन्ताेष लुइटेल किंसुका January 12, 2020, 4:48 am
सन्ताेष लुइटेल किंसुका
सन्ताेष लुइटेल किंसुका

पिरतीकाे मानु पुग्याे भराैँ आँट गरी सानु

दुनियाँका आँखा लाग्छन् हिँडाैँ खोला तरी सानु । १ ।

जूनसँग रात् नभए जूनकाे के नै अर्थ हुन्छ

ईर्ष्या सही बस्नु भन्दा जाऔँ बसाइँ सरी सानु । २ ।

वनपाखा मेलापात पिरतीका गीत गाई

रमाइला पल बिताइयाे कत्ति बेँसी झरी सानु ।३।

आजभाेलि किन कुन्नि सारै गारो मन थाम्न

छाेडी मलाई तिमीतिरै उड्छ मनकाे चरी सानु ।४।

भन्दै छन् रे बाआमाले तिम्रो लगनगाँठो कस्न

मेराे साच्ने ठाउँ छैन तिमीदेखि परि सानु ।५।

तिमीसँग छुट्टिएर सक्दिनँ म बाँच्न एकपल

'सन्ताेष' भई हिँड्छु बरू जाेगीकाे भेष धरी सानु ।६।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।