कस्तो संयोग जुरो आज भेटभो तिमीसँग
दुई आँखाको मिलनसंगै मन भयो उमङग
पिडादयी नहोस यात्रा गन्तब्यमा पुग्नलाई
जीवन हाम्रो बिम्ब बनोस जुन ताराले थाहैनपाई
साझ बिहान मुस्काइरहु सधैं तिमीसँग
दुई आँखाको मिलनसंगै मन भयो उमङग
मुहार भरी अचम्मको चमक छायो आज
खुशी फुल्यो चारैतिर बिह्वल भयो लाज
जोस जाँगर झुल्क्यो मनमा भेट भयो तिमीसँग
दुई आँखाको मिलनसंगै मन भयो उमङग
चारपाने, झापा , हाल: बेल्जियम