अमेरिकाबाट गाउँमा आइपुगेको एकजना घुमन्तेले गाउँको विहेमा बजिरहेको गीत सुनेर बाटोमा खेलिरहेको एउता सानो केटोलाई सोध्छ,
"यो गीतको बोलले के भनिरहेछ?"
केटोले गाएर भनिदिन्छ,
"देशले रगत मागे मलाई बली चढाऊ, रुदिनन् मेरी आमा, उ नेपालीकी छोरी ..."
विदेशी छक्क परेर उत्सुक्तासित उसलाई सोध्छ,
"यो बोललाई अंग्रेजीमा अनुवाद गर्नसक्छौ?"
केटोले एकछिन सोच्छ अनि मिलाएर भन्छ,
"If country asks blood sacrifice me, my mother will not cry, she is the daughter of Nepali."
विदेशी जोरले हाँस्दै त्यो वाक्यलाई दोहोराउँदै आफ्नै सुरमा गाउँछ—
"If the country demands blood sacrifice me, my mum won’t cry, she’s a daughter of Nepali."
त्यसपछि ती विदेशी घुमन्तेले केटोलाई अंगालो मार्दै गिजाएको भावमा एउटा प्रश्न सोध्छ,
"तिम्रो देश छ?"
केटोले मुन्टो मात्र हल्लाएर 'थाहा छैन' भनिपठाउँछ । तर त्यही कुराले केटोलाई भने मनमा खाइरहन्छ । रात्रीको खाना खादा अनकनिन्दै आमालाई सोधिपटाउँछ,
"आमा आज बाटोमा एकजना विदेशीले तिम्रो देश छ भनेर सोध्यो तर मैले त अत्तालिएर ‘छैन’ पो भनिपठाएछु। अहिले मलाई आफैलाई लाटा लगिरहेछ!"
निंदाउने बेलामा केटोले आमालाई फेरि सोधिपठाउँछ,
"आमा, देश छैन भने के हुन्छ?"
आमाले 'नकरा' भनेर केटोको गालामा एक झापट कस्छिन्। भोलिबिहान उठ्नेबित्तिकै भित्तामा झुन्डाको ऐनामा एकपटि अलिकति सुन्निएको गाला निहाल्दै अफैलाई सुटुक्क सोधिपठाउँछ-
"यो ‘एलीयन’ भनेको चाहिँ के हो?"