17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

सम्झनाका तस्बिरहरु

कविता अलका मल्ल September 11, 2019, 9:45 am
अलका मल्ल
अलका मल्ल

हिमचुलीको संङ्गलो पानीमा

आकृति हेरिरहन मन लाग्ने

बिर्सुं भन्दा झन् झन् सम्झने

तिम्रो सम्झना

लाग्छ पला पलामा

सम्झी रहने त्यो अदृश्य छायाँ

जीवन्त रहने सम्झनामा कँुदिरहेछन्

अहो ! म कति भाग्यमानी

तिम्रो सम्झनामा

सपनाहरु देख्न पाउने

हर घडी समयलाई लज्जित बनाएर

सम्झने तिम्रो सम्झना

सांच्ची म कति भाग्यमानी

आज बादल पनि

बेमौसममा फाटी दिन

बाध्य भए जस्तो लाग्छ

ती पालुवाहरु हर्षित भइ

फक्रिन उत्सुक भइरहेछन्

इन्द्रेणीले रङ्ग फेर्दै

मयुरसंगै आकाशमा

रजाइं गरी नाची रहेझै लाग्छ

ऋतुहरु मेरै मुठ्ठीमा

कब्जा भएर

वरिपरी घुमिरहेझै लाग्छ

तिम्रो सम्झना कति बलियो

लौ हेर आज !

सम्झनाका तस्वीरहरु

बोल्न खोजे झै

चलमलाइ रहेछन्

हिमचुलीको संङ्गलो पानीमा

आकृति हेरीरहन मन लाग्ने

तिम्रो सम्झना ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।