18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत अोम राना January 30, 2019, 10:53 am

तिम्रो याद कैदी भए यो मनको कारागारमा

आजन्म मैले भुल्ने छैन भुलु कुन आधारमा

भित्र अर्कै हुन्छ बाहिर अर्कै हुन्छ मान्छे

हिड्दा हिड्दै बाटो कहाँनिर अर्कै हुन्छ मान्छे

जसरी पनि त बिक्दा रैछन् मान्छे बजारमा

आजन्म मैले भुल्ने छैन भुलु कुन आधारमा

अरुलाई हसाइ आफु हास्न कति गाह्रो हुन्छ

उदाहरण एउटा बत्ती मुनी अध्यारो हुन्छ

तिमी बग्यौ कुन धारमा म यहाँ मझधारमा

आजन्म मैले भुल्ने छैन भुलु कुन आधारमा

बग्नासकाली-९,पाल्पा

हाल;दक्षिण कोरिया

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।