जसरी रातपछि बिहान आउँछ
हरेक युगमा एउटा महान आउँछ ।
मलाई यो बाटो हिँड्न डर लागिरहन्छ
बाटैमा मेरो बाबाको चिहान आउँछ ।
तिम्ले बिदेशमा धेरै कमाएछौ भने
धनको कुरा छोड सग्लो ज्यान आउँछ ।
गहिरो घाउ दिएर जान्छ छोडी जानेले
घाउ निको भए पनि निशान आउँछ ।
पैसा कमाई हुन्छ मात्रै भनिदिनुस न
बालिमा बिषादी छर्केर किसान आउँछ ।
सरकार ! हात पसार हाम्रो कर खर्चेर
नेताहरुलाई पुग्नेगरी दान आउँछ ।
रुँघा -७, रुकुम