18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

अन्तिम मेसेज

लघुकथा डा.रुपक श्रेष्ठ April 16, 2018, 4:09 pm

काम सकेर लुगा लगायो अनि बेडमै बस्यो र बाँकी रहेको कोक घटघटि पिउंदै मोबाइल स्विच अन गर्यो त्यसले l

" सरोजको मेसेज ?" झस्कियो ऊ ! विस्फारित आँखाले पढ्न थाल्यो:

" यार पारस ! तैंले पनि यसरि मलाई उपहास गर्लास, धोका देलास भन्ने कहिल्यै सोंचेको थिईन l अझ म त तँलाई यति नजिकको साथी भनेर बिश्वास गरेको थिएँ र सबै कुरा तँलाई भन्ने गरेको थिएँ l यहि कुरामा तँसंग अन्तिम निर्णयको लागि सल्लाह मागौंला भन्ने सोंच्दै थिएँ l यार, मेरो दोस्त ! तैंले पनि मलाई हार खुवाईस् आज ! हो त्यो मेरी स्वास्नी भनाउँदि आईमाई खराव थिई र त्यसलाई खराव हुन सघाउने थुप्रै लोग्ने मान्छेहरु थिए l मलाई सबै कुरा थाहा हुँदाहुँदै पनि गतिलो प्रमाण नभएकोले अदालतको लागि प्रमाण जुटाउन पर्खिरहेको थिएँ l त्यो आईमाई बाहिर गएको थाहा पाएकोले अघि एक घण्टा अघिमात्रै म गएर बेडरुममा हिडन क्यामेरा लगाएर फर्किएको थिएँ l अफिस आएर म, नसिव र बबिता भाउजू, अर्थात तेरो श्रीमती भएर हिडन क्यामराले खिचेको लाईभ भिडियो हेर्दैथियौं, पुलिसलाई पनि खबर गरेर स्ट्याण्डबाईमा राखेका थियौं रेडह्याण्ड पक्डनको लागि l तर मेरो भनौं या तेरो भनौं या अझ बबिता भाउजूको दूर्भाग्य ? अझ यसो भनौं हाम्रो दूर्भाग्य ! हामीले सोंचेभन्दा फरक तर साह्रै अपत्यारिलो घटना घट्यो l मेरो दोस्त, त्यहाँ मेरो डेरामा अरु कोहि नभएर तँ पसिस् l "

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।