आज फेरि मेरो टोपी खोल्न जोड़ गर्छन् कोही!
चुपचाप मलाई देखी बोल्न जोड़ गर्छन् कोही!!
एकछिन् थकाइ मारेको हूँ रोकिने म कहाँ हो र?
भ्रममा पारी मेरो बाटो मोड्न जोड़ गर्छन् कोही!!
मैले रोप्या सत्यताको फूल मर्ने कहाँ हो र?
झूटको खेती बारीभरि गोड्न जोड़ गर्छन् कोही!!
मेरो आस्था लरतरको फितलो त कहाँ हो र?
फगत् पहराको छाती तोड्न जोड़ गर्छन् कोही!!
गर जे जति तिमी तर हार्ने म त कहाँ हो र?
सपनामै जीतको खाता खोल्न जोड़ गर्छन् कोही!!
- राबङ्ला, दक्षिण सिक्किम