पसिनाको गन्धलाई
हिलोको घाउलाई
ठेला फुट्दा उठने पोल्दो त्यो व्यथालाई
तिमी आफ्नो व्यथासित तुलना नगर हे शहरका मान्छे,
तिमी गान्तोकको एमजी मार्ग हौ भनें
मेरे गाऊँको त्यो बुड़ो जसलाई तिमी हेलाँ गर्छो
उ चाहिँ सम्पूर्ण सिक्किम हो।
पहाड़को फेदमा,चेपमा जहाँ केवल एेसेलु पाक्थ्यो
त्यहाँ धान र कोदो फलाउने त्यो बुड़ो
जुन कान्ला चड़दा अरू थरथर काम्थे त्यसमा नेभारो उमार्ने त्यो बुड़ो
जहाँ छौ नि तिमीहरू अहिले
त्यो धरातल बनाउने उ हो,
जे जे छ तिमीहरुसँग अहिले
उसकै पसिनाको पौरख हो।