18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

असफल प्रयास

लघुकथा आचार्य प्रभा July 6, 2008, 4:31 pm

आफ्नी श्रीमतीलाई क्रुरकालको पंजाबाट बचाउन उसले हर प्रयत्न गरिरहेको थियो । आफ्ना सारा सम्पति स्वाहा गर्यो । जिवनमा कहिल्यै नगरेका कामहरुमा  पनि पैसा आर्जनका लागि हात हाल्यो जसले गर्दा उसको इमान्दारितामा पनि आंच आयो केवल श्रीमतीलाई बचाउने प्रयासका लागि यत्तिका सारा प्रयास बावजूद पनि उसले श्रीमतीलाई भयानक रोगबाट मुक्त गर्यो । त्यतिन्जेल सम्ममा उसले आफ्नो सारा सम्पति, स्वाभिमान गुमाई सकेको थियो तर अफ्शोच यत्तिका प्रयास पश्चात् पनि अन्त्यमा उसकी श्रीमतीले मृत्‍युको काख नै रोज्नु पर्यो ।
एकदिन अनायास बाटोमा हिडिरहेको समयमा अचानक अंधाधुन्द चलेको गोलीबाट उसकी श्रीमतिको मृत्‍यु भयो ।
अन्त्यमा उ सम्पतिबाट पनि  पराई बन्यो र श्रीमतीको साथ अनि श्रीमतीको ज्यानको लागि गरेका अनेकों प्रयासहरुबाट पनि  बंचित भयो ।
   अहिले उ सोची रहेछ यो कुन दैवको खेल भनी ? अनि रंभुल्लमा परिरहेछ म कुन न्यायको ढोका ढक ढकाउ भनी  .. ।
                   अमेरिका

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।