18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल भाष्कर काजी October 21, 2016, 2:19 am
भाष्कर काजी
भाष्कर काजी

एउटै हो मैले भोगेको दुनियाँ

र तिम्ले आँसु पोखेको दुनियाँ ।

:

कति सुन्दर लाग्छ बाहिरबाट

गजब रहेछ खोल ओढेको दुनियाँ ।

:

तिमी सरिगयौ तर म भोग्दैछु

उस्तै छ तिम्ले छोडेको दुनियाँ ।

:

म सोच्थेँ यो सब मेरो आफ्नै हो

अजिव रैछ मैले रोजेको दुनियाँ ।

:

म उस्तै छु कि समाज उस्तै हो

अहँ भेटिएन मैले रोजेको दुनियाँ ।

:

अनुमती छैन नयाँ सुनाउने यहाँ

जो कोहि सुनाउँछ घोकेको दुनियाँ ।

रुँघा ७, रुकुम

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।