18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल भाष्कर काजी September 30, 2016, 2:40 pm
भाष्कर काजी
भाष्कर काजी

दङ्गा हुनसक्छ फसाद हुनसक्छ

अनि चारैतिर अभाव हुनसक्छ ।

यो देशमा कोहि बोहुलायो भने

नेता हुनसक्छ सभासद हुनसक्छ ।

आत्मसम्मान गुम्ने परिस्थितिमा

बुझ तिम्लाइ कतै दबाव हुनसक्छ।

जिउ ढाक्ने कपडा लाउनै मान्दैनन

भुरालाइ आधुनिक प्रभाव हुनसक्छ ।

जब नोकर आफै उभिन सक्छ नि

तब मालिक साँच्चै बर्बाद हुनसक्छ ।

मैले बडासामु उभिएर बोलेँ भने

यो उसलाई गतिलो जबाफ हुनसक्छ।

रुँघा ७, रुकुम

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।