कस्तो विचार यतिखेर गरेर बस्दै ।
मैलाइ सम्झिकन ध्यान यतै त धर्दै ।
हाम्रो छ मेल अति शुध्द अचम्म अर्को ।
देखेर तृप्त नयनै पनि लाग्छ मीठो । १।
मीठास अमृत घुलेसरि शब्द उन्को ।
कानै पवित्र हुन जान्छ सुनी सुरीलो ।
जुध्दा पुलुक्क नजरै उन संग एक ।
आनन्द हुन्छ मन भित्र प्रफुल्ल चित्र ।
पर्दैन भेट्न उन संग सदा गएर ।
सोध्नै परेन अरु हालत के कसो छ ।
बुझ्ने कुरा सब मनै मनको छ मेल ।
यस्तो कतै तिर हुदैन अचम्म मेल । ३।
संवाद हुन्न बिचमा बिन अर्थ अर्को ।
के बात हुन्छ र यता मन टम्म भैगो ।
सामीप्यमा रहनु नै बढिया छ बात ।
चाहिन्न स्वर्ग तिरको कठिनै छ मार्ग । ४।
हो स्वर्ग कॉं छ र कता मनको विचार ।
मानेर देव बसदा किन बोल्छ ढुंगा ।
बाड्दैछ एक खुसि जो उहि हुन्छ देव ।
चाहिन्न स्वर्ग तिरको कठिनै छ मार्ग । ५।
बुझ्ने त को छ र यहाँ मनको रहस्य ।
अंजान हुन्छ दुनियॉं मनको छ बात ।
आत्मा मिलेर त दुबै हुनखोज्छ एक ।
टाढा बसे पनि मिलन् हुन जान्छ नित्य । ६ ।