18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल श्रवणकुमार ढुंगाना September 2, 2016, 2:35 pm
श्रवणकुमार ढुंगाना
श्रवणकुमार ढुंगाना

मलाई रुने आँशु देऊ, घाऊ धुने आँशु देऊ ।

सम्झनाको चिताग्नी यो निभाउने आँशु देऊ ।

रातभरी जुनेलीले तिम्रै बाटो हेरीबस्यो

कुर्दाकुर्दै आँखा पोल्यो, शित्याउने आँशु देऊ ।

सुखी हुन संसारमा किन्न पाइने के के होला

तिम्रो दु:ख सँग दु:ख बिसाउने आँशु देऊ ।

हिमालसँग सागरलाई आँशुले नै जोडेको छ

मनसँग मन जोड्न मनाउने आँशु देऊ ।

नजानेरै वोली-वचन मिठो, पिरो, तिखो हुन्छ

माफि देउ, तिमीलाई रिझाउने आँशु देऊ ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।