18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल तुलाधर विश्वकर्मा August 19, 2016, 1:32 am

भो मलाई हिरा मोती चाहिदैन

खोसेको चोली–धोती चाहिदैन ।।

पिउँदिनँ म बदनाम गर्नेलाई गर्न देऊ,

मन सपार्ने ओखती चाहिदैन ।।

जे छु ठिकै छु यस्तै ठिक छ मलाई,

बेइमान भ्रमरुपी ज्योति चाहिदैन ।।

मान्छे हुँ, बुझ्छु बुझाउन खोजे कुरा,

मनाउन कालो पोथी चाहिदैन ।।

– खजुराखुर्द १ (बाँके), नेपालगन्ज

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।