भेटुँभन्दा तिमीसँग तर्किएर तिमि भाग्छयौं ।
नानाभाँति कुरा गर्दै सुनचाँदी हिरा माग्छयौ ।।
भन्थ्यौ आफै पिरतीलाई सुनसँग जोखिदैन,
माया भित्री मनमा हुन्छ बाहिरबाहिरै देखिदैन
बोलुँभन्दा तिमीसँग झर्किएर तिमी भाग्छ्यौं
नानाभाँति कुरा गर्दै सुनचाँदी हिरा माग्छयौ ।।
बिर्सिएछयौं चौतारीमा अंगालोमा बेरिएको
ज्यानै लिन्छौं भन्दै तिम्रा आफन्तले घेरिएको
बसौँभन्दा तिमीसँग बर्किएर तिमी भाग्छ्यौ,
नानाभाँति कुरा गर्दै सुनचाँदी हिरा माग्छयौ ।।
– खजुराखुर्द १ बाँके, नेपालगञ्ज