18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

नाम अनाथ ? काम नाथ ?

कविता बद्री प्रसाद दाहाल July 8, 2016, 9:16 pm

राख्दै नाम अनाथको प्रगतिमा , भित्र्याउछन् 'नाथ' नै ।

दातालाई मिठा 'प्रपोजल' दिई , चम्काउछन् 'माथ ' नै ।।

नेता वा परिवारका जन टिपी , सम्पन्नका सन्तति ।

छान्यो पढ्न र बढ्न सम्गठनले , सामन्त कै सन्तति ।।

जो जो छन् असहाय वा अति दुखी , वास्ता नराखी कथा ।

नाथै नाथ मिलेर घोर रमिता , मच्चाउछन् सर्बदा ।।

कस्तो यो असमानता ? दिनदिनै , बढ्दैछ नेपालमा ।

मात्रै नाम अनाथको शिव हरे ! सेवा दिए नाथमा ।।

यै हो के गणतन्त्रको रस तितो ? नेपाल के भो नयाँ ?

जो छन् दीन दुखी सधैं पिछडिने ? अन्यायको चक्रमा ।।

सामन्ती छ विचार शोषक अझै , झन् पश्चगामी बढे ।

शब्दै मात्र नयाँ ? सजाउन गई , श्रिङ्गाल ब्वासा चढे ।।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।