18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

यात्रा

कविता मणिका शर्मा June 30, 2016, 10:53 pm

बिहेमा जन्ती जाँदा जस्तो

घन्की रह्यो गीत संगीत

'वादा रहा प्यार से प्यार का' मिठासपूर्ण यो गीतबाट शुरु भयो यात्रा,

बीचमा बजिरहे मीठा अझै गीतहरु,

'मस्की मस्की','बिछोड़िएका मायाहरु','लग जा गले',

घरी मधुरो बनाए चालकले

घरी घन्काए कानैमा

अति पछिल्लो सिटको खिड़कीपटि आफु

कानैमा माइकजस्तैथर्कियो गीतको झन्कार

कोही राजनैतिक कुरा गर्छन

कोही हातको फोनमा मस्त

कोही यी गीतहरु मन नपरे जस्तो

रिसाएजस्तो हुप्प अनुहार फुलाएर बसेका,

गुड़यो गाड़ी तैं छोड़ कि मै छोड़ गर्दै,

कति ठाउँ चाहिँ

उफारेर आफैलाई टाउको ठोकाउँदै,

जीवनसँग ठ्याक्क मिल्दो यो यात्रा

संगीतको मिठासजस्तै

अचानकको ठोकर र झट्का कतिठाउँ

साथमा धेरै नयाँ पुराना अनुहारहरु

अनभिज्ञ अर्को पल के हुने भनी

निरन्तर अघिनै बड़नुपर्ने

अनेक भाव मिसिएको

यो यात्रा जस्तो जीवन की

जीवन नै पो यात्रा जस्तो हो की !!

सिक्किम

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।