18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल तुलाधर विश्वकर्मा June 24, 2016, 1:39 pm

आज फेरी नेपाल बन्द छ महासय ।

सडकभरि टायरको गन्ध छ महासय ।।

छोरी पोइल गएपनि चक्काजाम गर्छन् यहाँ,

विनाश तीब्र विकास भने मन्द छ महासय ।।

जुट्नु भन्दा फुटाउन खोज्नेहरु धेरै छन्,

एउटै नारा तर फरक छन्द छ महासय ।।

शान्ति आयो भनी गाला बजाउनु ब्यर्थै भयो,

भित्र भित्रै डरलाग्दो द्वन्द छ महासय ।।

नयाँ युगमा नयाँ कुरा गरौं भन्छन भन्नेहरु,

‘तुलाधर’ लाई यो सब कुरा अन्ध छ महासय ।।

–खजुराखुर्द १ (बाँके) नेपालगञ्ज

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।