18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल भुवन कार्की ‘उजाड’ June 24, 2016, 1:25 pm

बोल्न पनि गाह्रो हुन्छ मन दुखेको बेला

छाति पनि साह्रो हुन्छ मन दुखेको बेला

चालिएका कदमहरु अल्मलिंदा कतैकतै

झनै पो अप्ठ्यारो हुन्छ मन दुखेको बेला

कहिले तल कहिले माथि चर्के पीङ जस्तै

जसो नि हतारो हुन्छ मन दुखेको बेला

शत्रुहरु सुने भने कति हाँसी देलान् अझ

गजल नै पो प्यारो हुन्छ मन दुखेको बेला

हाँसीदिउन् देखेर यो ‘उजाड भुवन’मा

लेखनीले उच्छारो हुन्छ मन दुखेको बेला

बुटवल

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।