परेलिमै आँसु खहरे, भेल भयो जिन्दगीमा।
खुसी सवै क्षेणिकमै, ओझेल भयो जिन्दगीमा।
मारि दिए मनका इच्छा चाहानाहरु सबै मेरो,
सधैभरी निर्दयी दैवकै, खेल भयो जिन्दगीमा।
कुहिरो भित्रको काग जस्तै हुदा आज भोली,
निभेको दियो बिनाको, तेल भयो जिन्दगीमा।
सोच्दै छु दुनियाँलाई चिन्न सकिन रहेछु मैले,
कति धेरै सोझो माथी, झेल भयो जिन्दगीमा।
कहाँ जाउ आज एक्लोछु गन्तब्यको दोबाटोमा,
साथ जति पैसा र´हुञ्जेल भयो जिन्दगीमा।