मनको बह फुकाई दिन्छु उनकै सामू आज ।
बिन्ती छ है दया गरी नआईज न लाज ।।
पीर लाग्छ आफ्नै मन बशमा नभईदिँदा
बोलूँ भन्दा धक खुली बोली नआईदिँदा,
अधरभरि चुमिदिन्छु दुनियाँको माझ,
बिन्ती छ है दया गरी नआईज न लाज ।।
सपनीमा मीठो बात हुन्छ कतिखेर
विपनीमा जम्काभेट मात्रै हुन्छ तर
नलाएरै मर्छु क्यारे पिरतीको ताज,
बिन्ती छ है दया गरी नआईज न लाज ।।
मन स्थिर छैन आज कसोगरी बुझाऊ
मनका भारी बेथाहरु काँ गएर विसाऊ,
छर्छु क्यारे क्षितिजमा पिरतीको गाज,
बिन्ती छ है दया गरी नआईज न लाज ।।
— खजुराखुर्द १ (बाँके), नेपालगन्ज