कोहि भए भोगी कोहि भए योगी प्रेममा,
सबै लुटाएर कोहि भए जोगी प्रेममा !!
गुमेको प्रेम पीडा सहनै नसकेर यहाँ,
यादमा छट्पटिदै कोहि भए रोगी प्रेममा !!
प्रेम पाउनेले ठाने पुरै संसार जितेझै,
हार्नेहरु पागल,कोहि भए बिभुती प्रेममा !!
एक्लो हुदाँ बनाएर सहारा कोरा कागजको,
पुगे रबि त्यो छुन,कोहि भए कवि प्रेममा !!
जब हुन्छ मिलन यहाँ दुई आत्माहरुको,
भेटि परमात्मा, कोहि भए बोधी प्रेममा !