18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

क्रान्तिका रूमानीहरु

कविता श्रीभक्त पौडेल¨आफन्त April 7, 2016, 11:55 pm

लेख्नेछु म

चलुन्जेल मेरा औंलाहरु

यथार्थताको मसी डोब्दै

समयका कसीरूपी कलमहरुले

सामर्थ्य र शक्तीका धारहरुमा

बिचार स्वतन्त्रताका तरबारहरु

उजिल्याउँदै,

थाक्नेछैनन् मेरा मष्तिस्कहरु

सामाजिक र राजनितिक

तिक्तताका बिरुद्ध

कबिता कोर्न,

चाहे कुनै

इन्क्लाब नल्याउन तर,

छोड्नेछैन लेख्न

क्रान्तिका रूमानीहरु।।

पर्देशिएकाहरुको मन खोतल्नेछु

एक्लिएकाहरुको याद

गाउँबेशीका शुशेलीहरु

भञ्ज्याङग र चौतारीहरुको शुस्केरा

भेट्नेछन्, शब्दका पारखीहरुले

मेरा हरेक हरफहरुमा।।

छन्द नमिलेका होलान्

बहर नमिलेका होलान्

प्रसस्त रस नभेटिएलान्

तर,

भाबमा चुर्लुम्म डुबाउनेछु

म मेरा पाठकहरुलाई,

रुवानेछु हसाउनेछु

हाँस्दा हाँस्दै रुवानेछु

म कबिताका किराहरुलाई

दर्शन र दस्ताबेज

राता पहेंला हरिया सिद्धान्तहरु

बर्गिए राजनीतिका बिरुद्ध

कोरिनेछन् हाइकुहरु

उखेलिएका

सिमानाका जङ्गे खम्बाहरु

फेरी गाडिनेछन्

त्यसका लागि अझै

गहिरा र मजबुद् खाडल खन्नेछन्

मेरा गजलहरुले।

लेख्नेछु म

चलुन्जेल मेरा औंलाहरु

यथार्थताको मसी डोब्दै

समयका कसीरूपी कलमहरुले

सामर्थ्य र शक्तीका धारहरुमा

बिचार स्वतन्त्रताका तरबारहरु

उजिल्याउँदै,

रामपुर चितवन

हाल:स्पेन

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।