बिगार्ने मात्र छन् यहाँ बनाउने को छ र
जति घुस खाए पनि गनाउने को छ र
जो पनि छन् टपर्टुय्याँ साह्रै चुइँया कस्तो
सहयोगी ती नङले कनाउने को छ र
खान्छन् आफूहरु मात्र हान्छन् अरूलाई नै
सत्ताका यी भोगीलाई हनाउने को छ र
हँसाउछन् आफ्नैलाई मनाउछन् आफ्नैलाई
अरू बरा रूनेलाई मनाउने को छ र
( ८ र ७ अक्षरमा विश्राम )
लस एन्जेलस