दुखियाको जीन्दगीमा आयौ तिमी किन
नदेउ भैगौ धेरै पीडा नलाउ मलाई ऋण
यस्तै रहेछ जीवन यात्रा बरालिन्छ मन
छल्किगए आँसु सबै घाउ दुख्छ झन्
उदास मुहार साँझ बनि आयौ तिमी किन
नदेउ भैगो धेरै पीडा नलाउ मलाई ऋण
कुहिरोले ढाक्यो जीवन हाँस्ने मन छैन
मुस्कान भाग्यो क्षितिज पारी रहर यो होईन
भत्काई गयौ ईच्छाहरु आयौ तिमी किन
नदेउ भैगो धेरै पीडा नलाउ मलाई ऋण
चारपाने झापा, हाल: बेल्जियम
(शब्दाञ्जली बर्ष १ अंक १ २०६५ बाट साभार)