जुनेलीमा नआउ ईर्ष्या गर्छ जूनले
सामुन्नेमा नजाउ आँखा तर्छ जूनले
तिमी राम्री चाचल सुकुमारी छ्यौ
पाउजु नबजाउ के नै हर्छ जूनले
अँधेरीमा हुनु तिमी दियो उज्यालो
लजाएर सर्न परे अन्तै सर्छ जूनले
बलेको छ धपक्क मुहार त्यो तिम्रो
उज्यालो अब कता कसरी छर्छ जूनले
निख्खर छ्यौ रसिली कसीली ज्यानकी तिमी
भई भुतुक्क मर्न परे मर्छ जूनले
देउराली ३, नवलपरासी