कालुमा गाइको मालेमा बाछी
कैलेमा चरेको कैले ओर पर गरेको
दाजुलाई भने आमाको काख
म एउटी छोरीलाई नेटोकाटी जानु परेको
कैलेमा देख्छु सपनीमा आमालाई
कैलेमा देख्छु पँधेरीमा पानी भरेको
कैलेमा देख्छु सपनीमा साथीलाई
कैलेमा देख्छु सपनीमा पढ्न गएको
कैलेमा देख्छु सपनीमा दाजुलाई
कैलेमा देख्छु माइती घर ढल्की नाचेको
कैलेमा देख्छु सपनीमा भाउजूलाई
कैलेमा देख्छु नौधारामा लुगा धोएको
कैलेमा देख्छु भैयासित खेलेको
कैलेमा देख्छु आँगनीमा ढल्की नाचेको
कैलेमा देख्छु खुवाखीर आएको
कैलेमा देख्छु दिदीसित ढल्की नाचेको
कैलेमा देख्छु दहीको ठेकी बोकेको
कैलेमा देख्छु गैरीखेत रोपाईँ खेलेको