18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

असरफ फायदको रङ्ग

कविता श्रीशीशा राई March 4, 2016, 3:11 pm

भोकको रङ्ग

आजसम्म पनि रातै छ

एउटा बालक अहिले पनि

बुबु भन्न पाउँछ आफ्नो काखसँग

जब मुख

सिगरेटको धार्मिक वट्टाले छोपिन्छ

दुध तप्प तप्किन्छ

जब ड्रेनको पानी या घाउको पिप

दुध भन्दै पिलाउँछ यो दुनियाँ

अस्तित्व भूकम्पन हुन्छ

बिश्वास बाढी उर्लन्छ

स्वाभिमान आकाश उक्लन्छ

आकाशको तारा

एष्ट्रेमा खस्यो भने

बदलिन्छ खरानी गुलुबमा

ओर्लिन्छ टेबुलमा तारा–संसार

उल्टिन्छ पहिचान समय असरफ–युगमा

भोकको रङ्ग रातै रहनेछ

जब तिमी बाँच्छौ असरफ !

जब तिमी हाँस्छौ ।।

तरहरा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।