18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल श्रीभक्त पौडेल¨आफन्त February 26, 2016, 3:11 am

खोलिनेछन् बिस्तारै, छिमेकीका पोकाहरु

भेटिनेछन् कतिचले, सिमानामा खोकाहरु

बोक्सी आँफै धामी आँफै, निको पारे रोग

पिल्सिरा'छन् अझै ,६ महिनाका फोकाहरु

माउ खानेले चल्ला, चल्ला खानेले माउ

पिरलाग्छ बढ्नेहुन्, कि दक्षिणका ढोकाहरु

भोकालाई खिर भयो, सौहाद्रताका हात आज

जुग जुग टिके हुन्थ्यो, सम्मानका झोकाहरु

कतिल्याए बरिस्ठले, चिची'सँग पापा हिजो

अघिपछी टन्नै थिए, ति सवारीमा भोकाहरु

रामपुर चितवन, हालः स्पेन

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।