धेरै वर्ष अगाडि सबैको एउटै जात थियो
मान्छे आखिर मान्छे थियो त्यो कति माथि थियो ।
को आफ्नो थ्यो को पराया समूहमा बस्दाखेरि
चोखो माया गर्ने विशाल छाती थियो ।
मिलीजुली गर्थे काम हिंड्दा बस्दा सँगै
के महिला के पुरुष सबै सबैको साथी थियो ।
गोलाद्र्धको दुई छेउ विश्व थियो समतामा
हाम्रो घर हाम्रो भर एकतामा छाती थियो ।
अशिक्षाले कठिन थियो अन्धकारै भए पनि
लाग्छ बरु त्यही समय धेरै नै जाति थियो ।।
मोरङ, कोशी, नेपाल ।