18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

नयाँ पात्रो

कविता श्रीभक्त पौडेल¨आफन्त January 21, 2016, 12:33 am

फेरि भित्तामा अर्को नयाँपात्रोले स्थान पाउँदै छ

बिद्धुतीय भित्ताहरु मै सिमित रहे शुभकामनाहरु

न दुई छाती जुधेर, आत्मियताको आभास हुँदैछ

न विश्वाश र समन्वयताको, न्यानो अनुभुती नै

तै पनि सिंगो संसार चिच्याइरहेको छ कि आज

नयाँ बर्षको शुभकामना,,,

खै कसरी मनाउने हो, यो नयाँ बर्ष आज फेरि

पोहोर पनि त मनाएकै हो शुभ शुभ कामनाहरु

नै अर्पितगर्दै मनको तिक्तता अझै हटेन तै पनि

निस्केकाछन दुखित आत्माहरु मनाउनका लागि

नयाँ बर्षको शुभकामना ,,,

अन्यत्र त के कसरी मनाउने हुन् थाहा छैन तर

बानेश्वरका बानरहरुले मनाउदै छन् नयाँ बर्ष कि

पक्का भयो खाजा, खजाना कथित नयाँबर्ष भरी

न चुरेमा छाप्रा बने न महाकालीमा बांध परन्तु

नयाँ बर्षको शुभकामना ,,,

पोहोरको नयाँबर्ष टुटाउदैमा र फुटाउंदैमा बितिगो

कतै ढाँटेर, कतै छांटेर, रिसोर्टमा उग्राउँदै बिताए

कुरी गरिसक्यो दैलो देख्यो आज यही ¨थिम¨मा

नयाँ बर्षको स्वागतमा लागि परेकाछन् बानरहरु

नयाँ बर्षको शुभकामना ,,,

पिउने पानी र बाल्ने बत्ती,बाढि राँके जुलुश हैन

शान्ती सुरक्षाको अनुभुती,युद्धको त्रास होइन अब

सिमाना का खम्बाहरु, सम्झौतामा हस्ताक्षर हैन

ल्याउँछस भने मात्र मनाउनेछु भरे ढाका टोपिमा

आत्मै देखि साट्नेछु कामनाका शब्दहरु,,

स्विकार्नेछु भित्ताका नयाँ बर्षका नयाँ पन्नाहरु

होइन भने म मुर्ख बन्नेछु भिडमा,,

जलाउनेछु तिनै पात्राहरु

रामपुर चितवन

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।