18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल जे. आर. आभास January 7, 2016, 10:53 pm

हेर्छु तिमीलाई म संसार देख्छु,

बार बार जिउने आधार देख्छु!!

अरु दुनियाँमा के छ र त्यस्तो,

तिमी मै त्यो अपरम्पार देख्छु !!

जादु बोलीमा,चालको के कुरा,,

दिल चोर्ने नयन धार देख्छु !!

छटपटिन्छु एक्लै कहिले काहिँ,,

जब तिम्लाई आफ्नै यार देख्छु !!

तिम्रै हो"आभास" यस्तै लाग्छ्,,

त्यो दिलमा जब प्यार देख्छु !!

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।