“जुन घरमा नारीको सम्मान हुन्छ , त्यस घरमा ईश्वरको पनि बास हुन्छ।” नारी शब्द आफैमा कति महान् छ, कति गर्व गर्न लायकको छ । “नारी र पुरूष एक रथमा दुई पाङ्ग्रा हुन्” भन्ने कुरा अवगत गराइरहन नपर्ला । नारीविनाको संसार कल्पना गर्न सकिएला त ? के पुरूष विनाको पनि संसारको कल्पना गर्नु महामूर्ख नठहरिएला त ? त्यसकारण आदिम युगदेखि नै नारी र पुरूष समान हुन् । नारी आमा हो, नारी दिदी बहिनी हुन्, यति हुँदा हुदै पनि नारीलाई यस समाजले नारी र पुरूषलाई एउटै रूपमा हेर्न सकेको पाइदैन । विगतका समयमा गाउँ गाउँमा विद्यालयहरू खुलेका थिएनन् । नयाँ नयाँ आविस्कारहरू जस्तै टेलिभिजन, मोबाइल, कम्प्युटर आदि । जसले समाजमा भएका विकृति विसङ्गति आदिको बारेमा ज्ञान दिने गर्दछ । शिक्षाको उज्यालोबाट वञ्चित हुन पुग्दा अन्जानवश छोरा र छोरी बीच भेदभावको वातावरण सृजना गरेर युगयुगान्तर सम्म अन्यायमा पारिरहे । पुरूषप्रधान समाजमा नारीलाई सधै दोस्रो दर्जाको रूपमा राखिरहे । “छोरा जन्मदा खसी र छोरी जन्मदा फर्सी” भन्ने नेपाली उखानलाई व्यवहारमा पनि प्रयोग गरिरहे । वंश परम्परा थेग्ने बहानामा छोरालाई बढी महत्व दिइरहे । समयको अन्तरालसँगै वर्तमान परिवेशमा आकास र पाताल भएर परिवर्तन भएको छ । अव त सबै जान्ने बुभ्mने भइसके छोरा होस् या छोरी मुटुका धड्कन हुन् भन्ने कुरा सम्झाइरहन नपर्ला । ०४६ सालको जनआन्दोलनले प्राप्त बहुदलीय प्रजातन्त्रले नेपाली नारीलाई पूर्ण समानता गरेको पाइदैन । तत्कालिन राजनीतिमा केवल ५ प्रतिशत मात्र आरक्षण कोटा सुरक्षित गरेको थियो । के नेपालमा आम जनसंख्याको ५ प्रतिशत मात्र महिला थिए त ? जनआन्दोलन– २, ०६२÷६३ ले नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापना भइसकेको छ । सबैलाई अवगत भएकै कुरा हो । भोगेकै कुरा हो । लोकतन्त्रको अनुभूति के कसरी गरिरहनु भएको छ । त्यो मैले यहाँ बताइरहन आवश्यक ठान्दिन । राज्यको विभिन्न पदहरूमा कम्तीमा पनि ३३ प्रतिशत कोटा नारीलाई चाहिन्छ भनेर छुट्याइएको छ । त्यसलाई “नहुनु भन्दा कानो मामा वेश”भन्न उपयुक्त होला किनकी के नेपालमा कुल जनसंख्याको एक तिहाइ मात्र नारीको संख्या होला ? नत्र भने जनसंख्याको आधारमा उनीहरूलाई कोटा आवश्यक पर्दछ ।
जहानिया राणा शासनमा भाइहरूको रोलक्रम अनुुसार प्रधानमन्त्री बन्न पाउने परिपारी बसालेका कारण तत्कालिन समयमा नारीले नेपालको प्रधानमन्धी बन्ने सुअवसर त पाएनन् पाएनन् । ००७ सालको प्रजातन्त्र प्राप्ति पश्चात् पनि के महिलाले प्रधानमन्त्री बन्ने अवसर प्राप्त गरे ? तीस वर्षिय क्रुर तानाशाह लादेर शासन सत्ता सम्हाल्दा त नारीले प्रधानमन्त्री पाउने धेरै टाढाको कुरा थियो । बहुदल प्राप्त पश्चात् पनि नेपालले वीसौं जनाको प्रधानमन्त्रीत्व काल विताउने अवसर पाइसकेको छ । तर दुर्भाग्य अहिलेसम्म पनि नेपाली महिलाहरूले प्रधानमन्त्री बन्ने अवसर पाएनन् । समानताको नारा जतिसुकै उराले पनि व्यवहारमा सबै शून्य सावित भएको छ । कताको समानता ? खै व्यवहारमा समानता ? सिर्फ कागजी घोडा मात्र दौडाइ रहेका छन् । राज्यले त नारीलाई दोस्रो दर्जाको नागरिकका रूपमा हेरिरहेका छन् । गणतन्त्र आइसकेको नेपालमा राष्ट्रपति बनाउन नसकेपनि उपराष्ट्रपति त बनाउन सक्थे नि । खै त समानता ? कहाँ भेटियो नारी र पुरूष बीच समानता ? के नेपाली नारीहरूमा प्रधानमन्त्री बन्ने क्षमता नभएरै होला त ? अवस्य पनि होइन । केवल पुरूषको अहमंवादी सोचका कारण यस्तो अवस्था आएको हो । पुरूष भित्रको अहमंवादी सोचमा तुषारापात नभएसम्म जतिसुकै कागजी घोडा दौडाए पनि माखो पनि मर्नेवाला छैन ।
विगतमा त जन्मिए पछि छोरा र छोरीमा भेदभाव गरेको पाइन्छ । वर्तमान अवस्थासम्म आइपुग्दा त झन् समानताको अवस्था सृजना होला भनेको त त्यसको ठीक विपरित भइरहेको छ । “विनासकाले विपरीत बुद्धि” वर्तमान समयका मानवका वुद्धि उल्टो हुन थालेको छ । विज्ञानको चमत्कारले झन् नारी र पुरूषलाई भेदभाव गर्ने मौका मिलेको छ । अहिले गर्भावस्थाबाट छोरीलाई भेदभाव गर्न थालिएको छ । गर्भधारण गरेर केही महिना वित्न पाएको हुदैन । गर्भ भित्र नै लिङ्ग पहिचानको नाममा परीक्षण गरिन्छ । अनेकानेक उपकरणले एताबाट उता उताबाट यता भन्दै ओल्टाइपल्टाइकन गर्भ भित्र नै परीक्षण गरिन्छ । यदि पुरूषको पहिचान भएमा हर्ष मान्दै परीक्षण केन्द्रबाट फर्किन्छन् । उपकरणद्वारा परीक्षणमा गर्भ भित्रको भ्रुणमा स्त्रीको लक्षण देखा परेमा त्यहिबाट भेदभावको क्रियाकलाप सुरू हुन्छ । निर्दोष भ्रुणलाई गर्भबाट गलहत्याएर बाहिर निकालिन्छ । यानेकी उपकरणको माध्यमबाट गर्भ भित्रको अवधि पूरा भएपछि बाहिर निस्कने सुरूङमार्गबाट उपकरण प्रवेश गराएर जवरजस्ती मुन्ट्याएर बाहिर निकालिन्छ र परमधाम पु¥याइन्छ । गर्भ भित्रको अन्जान शिशुको के को दोष होला र आमाको न्यायो बच्चादानीमा बस्नु ? के बाहिरी संसार हेर्न पाउनु हुदैन ?
नारीलाई गर्भबाट जवरजस्ती गलहत्याएर बाहिर निकाल्न दिनु कुन किसिमको स्वतन्त्रता हो ? धर्मशास्त्रले भु्रण हत्या महापाप भनेको छ । कमसेकम पहिलेका मानिसहरूले भु्रण हत्याको प्रयास त गरेनन् नि । अहिले त झन् समानताको नारा उलाल्दै नारीलाई भेदभाव गरिरहेका छन् । यो कुरा नारीहरूले नै बुझ्नु जरूरी छ । पुरूष वर्गले भनेको भरमा अव हो मा हो मिलाएर अगाडि बढ्नु उचित हो या होइन ? समयमा नै सोच्नु पर्ने अवस्था आइसकेको छ ।
मन्थली– २, रामेछाप