तिमीलाई ....
नभेटेको बर्षौ भए पनि
सधै भेटिरहे झै लाग्नु
आईरहनु तिम्रो
मात्रै तिम्रो झझल्को आईरहनु
पनि त कुनै संयोग हैन ?
यसरी झरी पर्नु
रुझेर फैल्याउदै यी हातहरु गुनगुनाईरहनु
मात्र गुनगुनाईरहनु तिमिलाई
र बेपर्वाह छुन दिनु पानीका थोपाहरुलाई
यसरी सम्झिनु
पनि त सम्झिनु मात्र हैन
तिमीलाई .....
राखेर थपक्क जुनझै एक टुक्रा उज्यालो
त्यो मुहारको
हटाएर छातिको गाढा अँध्यारो
उभिएर कुनै एक कुनामा
एक्लै फिस्स हाँसिदिनु
र देखेर कसैले पागल भनिदिनु
मात्रै !
पागल हुनु मात्र पनि त हैन !
तिमिलाई......
नभनेरै कत्ति कत्ती
सागर भन्दा नि गहिरा पीरहरु
बिर्सिएर लुकाई रहनु यो छातिमा
अहिले झैं लाग्छ ।
नदेखेको बर्षौ हुँदा नि
तिमिहुनुका सबै सबै निमेषहरुसँगै
बाँचिरहनु
मात्रै तिम्रो निम्ति
नराखी कुनै गुनासो तिमी नहुनूसँग
बिताइरहनु हरेक पलहरु
चुनौती
मात्र चुनौती पनि त हैन
तिमीलाई .....
नछोओस् भनी हुरिको यो एक पागल झोक्काले
नचुडोस् भनी समयको यो एक बेवारिस खबरले
तिम्रो सहरसँग
बेखबर हुनु थियो
जानू अघि
चुडिन बाँकी जिवनको यो एक धर्कोमा
झिरिजानु यसरी तिम्रो आँसु
र रोकिनु यो प्राण एकैछिन्
मात्र म बाँचेको एकपल
बाँच्नु
मात्र बाँच्नु पनि त थिएन !
बर्षौ पछि
तोडेर सारा बन्धन
झरिदिनु एकक्षण तिम्रो आँसु मेरो निम्ति यसरी
सायद
आँसु
मात्र आँसु पनि त थिएन ?