इतिहासका एक ठेली किताब बोकेर
अनवरत धाइरहेछु्
आप्mनै मनमस्तिष्कको पाठशाला
जीवनको यस पाठशालामा
आमाको ह्दयसंगै पढरहेको छु म
भूगोलका समकालीन सुस्केराहरु
भोगाइको पाटीमा कोरिएर
खोज्नुछ लाक्पा शेर्पाले
हिउमै आप्mनो प्रतिविम्ब
अर्जाप्तु छ सन्तु वि.क.ले
आरन चलाएरै समानता
रोजगारीको सपना बुनेकी
शान्ति बदिनीले लेख्नु छ
न्यायको कविता
सीमा स्तम्भभैंm ठिंग उभिएर
द्यशगजामा बुधुना दुसाधले
अहर्निश बजाउनु छ राष्ट्रिय धुन
पाठशालामा ठीक बेठीक छुट्याउँदै
अब पुरा गर्नुछ मैले
भगीरथ आकांक्षाहरु
चारैतिर पैmलाउनुछ
क्र्तव्यका बोधिबृक्षहरु
पढ्नु छ पीडाका अाँसुहरु
बगाउनु छ हरेक अवयवमा
परिश्रमका कोसी कर्णालीहरु
जसरी छाउँछ वसन्त एकैचोटि
हिमाल, पहाड र तराईमा
त्यसरी नै कोर्नु छ प्रत्येक स्पन्दनभित्र
सग्लो नक्सा देशको र
ीवधवाको सिउँदोजस्तो
समयको खाली ठाउँमा भर्नु छ इनदे्रणी
अनि लेख्नु छ
सुन्दर विहानीको अध्याय...........।
ओखलढुंगा, हालः काठमाडौं ।