सिध्यो सार्क महान यज्ञ जनता , आयो अध्यारो अब ।
ब्वासा स्याल र गिध्ध वानर किरा , भेला भएछन् सब ।।
निस्कर्सै नहुने चले मिटिङका , भेला र खेला अब ।
बक्कासूर — निशुम्भ गर्जन गरे , देशै फस्यो दल्दल ।। १।।
नाच्दैछन् पुतली पराइ बलका , सङ्गीत पाई यहाँ ।
भाच्दैछन् जनभावना सठहरू , बाझ्दै र जुझ्दै यहाँ ।।
च्रर्क्यो दन्त — बझान स्वाठ — जडका , धिक्कार हो छल्फल ।
बासी लास गनाउदै छ जनता , चित्कार भो छल्फल ।। २।।
भो भो पेल्न नथाल गिट्टी र शिला , झर्दैन है तेल ता ।
भो भो खेल्न नथाल क्रूर अगुवा , मास्यौ सबै सभ्यता ।।
लुट्नैसम्म लुट्यौ फुट्यौ अनि टुट्यौ , भो छोडिद्यौ बैठक ।
बासी अक्षम दम्भका कुरुप हो , झोली र तुम्बा भिर ।। ३।।